२०८२, २ जेष्ठ बिहीबार

आज पुत्रदा एकादशी: यस्तो छ पुत्रदा एकादशीको महत्व

आज पुत्रदा एकादशी: यस्तो छ पुत्रदा एकादशीको महत्व


आज श्रावण २६ गते पुत्रदा एकादशी परेको छ । सनातन हिन्दुधर्मावलम्बीहरुले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्ग बमोजिम प्रत्येक महिनाको शुक्लपक्ष एवं कृष्णपक्षको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि भगवान् विष्णुको प्रिय तिथि हो । एकादशीलाई हरिदिवस र हरिवासर पनि भन्ने गरिन्छ । एक वर्षमा २४ वटा एकादशीहरु पर्दछन् । अधीकमास वा मलमाल परेको वर्ष २ वटा थपिएर २६ वटा एकादशी हुन पुग्दछ । हरेक वर्ष आउने श्रावण शुक्ल एकादशीलाई पुत्रदा एकादशी भनिन्छ ।

पौराणिक कथा अनुसार द्वापर युगको आरम्भमा महिष्मती नाम गरेको एउटा सुन्दर सहर थियो । त्यो सहरमा महीजित नाम गरेका राजाले राज्य गर्दथे । राजाले आफ्ना सबै प्रजाहरुलाई पुत्रसमान माया गर्थे तर राजाको भने आफ्नै सन्तान थिएन । सन्तान नभएकाले राजाको मनमा शान्ति थिएन । राजाले एक दिन मनमनै विचार गरे मैंले कसैलाई दुख पनि दिएको छैन, कसैको धन–सम्पत्ति पनि हडपेको छैन, कसैलाई घृणा पनि गरेको छैन, सबै प्रजाहरुलाई पुत्रसमान पालेको छु, ब्राह्मण र अतिथिहरुलाई पनि सेवा गरेको छु, तर पनि मेरो किन सन्तान भएनन् ।

राजा निकै वेचैन भएर आफ्ना मन्त्रि र जनताका प्रतिनिधिहरुलाई बोलाएर आफ्नो समस्या सुनाए । ती जनप्रतिनिधिहरु राजाको यस्तो कुरा सुनेर समस्या समाधानका लागि वनतिर लागे । वनमा ती जनप्रतिनिधिहरुले ठूला ठूला घगडान विद्वान्हरुको दर्शन गरे । राजाको समस्याको समाधान गर्नको लागि ती प्रतिनिधिहरु वन वन डुल्दै थिए । उनिहरु डुल्ने क्रममा लोमश ऋषिका आश्रममा पुगे । ती प्रतिनिधिहरुले आश्रममा एक अन्यन्त प्रभावशाली, वयोवृद्ध, तेजस्वी, परमात्मामा ध्यान लगाएर निराहार बसेका सनातन धर्मलाई जान्ने, समस्त शास्त्रहरुको ज्ञाता लोमश ऋषिलाई देखे । त्यस्ता परम तेजस्वी ऋषिलाई देखेपछि सबै प्रतिनिधिहरुले आदरपूर्वक नमस्कार गरे ।

लोमश ऋषिले पनि बडो उत्सुकतापूर्वक आफ्नो आश्रममा आउनुको कारण सोधे । ती प्रतिनिधिहरुले ऋषिलाई राजाको इतिवृत्त कहे र समस्या समाधानका लागि दुई हात जोडी अनुरोध गरे । ती ऋषि प्रजाका कुरा सुनेर एकछिन आँखा बन्ध गरी दिव्यदृष्टिले राजाको पूर्व जन्मको चरित्र हेर्न लागे । दिव्यदृष्टिले राजाको पूर्व जन्मको चरित्र हेर्दा ती महीजित नाम गरेका राजा निर्धन एक वैश्य(व्यापारी) रहेछन् । निर्धन भएका कारण राजाले धेरै नराम्रा काम गरेका रहेछन् । व्यापार गर्न जाने क्रममा ती राजा २ दिन सम्म भौकै परेछन् । केही खानेकुरा छ कि भनेर यता उता खोज्दै जाने क्रममा राजाले एउटा विशाल तलाउ देखेछन् र त्यो तलाउमा पानी पिउन गएछन् । उनले पानी पिउन लागेको बेलामा त्यो तलाउमा र्भखरै सुत्केरी भएको एउटा गाई आएछ । राजाले त्यो गाइलाई पानी पिउन नदिई आपूmले मात्र पानी पिएछन् । त्यस्तो अवस्थामा रहेको गाइलाई पानी खान नदिएकाले राजालाई यो जन्ममा सन्तान नहुने कुरा ऋषिले थाहा पाए ।

ऋषिले यी सबै कुरा महीजित राजका प्रजाहरुलाई सुनाइदिए । यो कुरा सुनेर प्रजाहरुले ऋषिलाई यस पापको प्रायश्चित्त कसरी हुन्छ भनेर प्रश्न गरे । यस्तो कुरा सुनेपछि ऋषिले मन्द मुस्कानका साथ ती प्रजाहरुलाई भन्न लागे श्रावण शुक्लपक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । तिमीहरु सबैले यो एकादशीमा व्रत गर र रात्रीमा जागरण बस, त्यसपछि राजाको सबै पाप नाश हुन्छ र राजालाई पुत्र प्राप्त हुनेछ । ऋषिको यो कुरा सुनेर सबैले श्रावण शुक्लपक्षको एकादशीको दिन व्रत बसी रात्रीमा जागरण पनि बसे ।

भोलिपल्ट द्वादशीको दिन एकादशीको पुण्यको फल प्रजाहरुले राजालाई दिए । त्यस पुण्यको प्रभावले रानीले गर्भधारण गरिन् र समय पुगेपछि एक बडो तेजस्वी पुत्ररत्न पनि प्राप्त गरिन् । अतः सन्तानको इच्छा हुनेले यो एकादशीको व्रत बस्नुपर्दछ साथै यसको माहात्म्य सुन्नाले सबै पूर्व जन्मका पापहरु नाशिएर यस लोकमा सन्तान सुख सहित परलोकमा उत्तम गति प्राप्त गर्दछन् ।

पुरुषोत्तम रिजाल
नैमिषारण्य–संस्कृत–गुरुकुलम्
गोसाइँस्थान ६, बनेपा

प्रकाशित मिति : २०७६, २६ श्रावण आईतबार  १० : ०१ बजे

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि