२०८२, १५ श्रावण बिहीबार

काभ्रेमा श्रमदानमै सडक सफा

काभ्रेमा श्रमदानमै सडक सफा


रवि धिताल / काभ्रे, २५ साउन : हाम्रा पुस्ताले कयौँ सडक, पुल, पुलेसा श्रमदान गरेरै हामीलाई चिनो छोडियो । उनीहरु निस्वार्थ गाउँको विकास निर्माणमा लागे ।

पछिल्लो पुस्ता पैसासँग अभ्यास्त छ । अझ नयाँ पुस्तालाई त श्रमदान गरेर काम हुन्छ भन्ने ज्ञान पनि खास नहुँदो हो । तपाईलाई पनि झट्ट सुन्दा अनौठो लाग्दो हो कि अहिले पनि श्रमदानबाट गाउँघरमा विकास निर्माणको काम हुन्छ ।

किन भने पछिल्लो केहि दशक एता गाउँघरका कुनै पनि विकास निर्माणमा श्रमदानबाट काम भएको पाइदैन् ।

उपभोक्ता समिति मार्फत हुने अधिकांश विकास निर्माण पैसा बाहेक कत्तिपनि भएको देखिदैन । अझ भनौ, बिना पैसा पहिरो पञ्छाउने, पुल, पुलेसो, गोरेटो, घोरेटो, कुवा, पधेँरो निर्माण र मर्मतसम्भार सम्भव नै छैन् ।

तर काभ्रेको धुलिखेल नगरपलिका वडा ११ का स्थानीयले भने श्रमदान मार्फत गाउँको विकास निर्माण सम्भव छ भन्ने कुरालाई पुनः एकपटक प्रमाणित गरिदिएका छन् । उनीहरुले बर्खासँगै पहिरोका कारण अवरुद्ध बनेको गाउँको भित्री सडक श्रमदानबाटै सरसफाई गरे ।

शनिबार वडाध्यक्ष विष्णु धिताल ‘काभ्रेली’ को नेतृत्वमा झण्डै २ सय जना भेला भएका स्थानीयले बीपी राजमार्गको शिलबस्ती देखि दालाचौरसम्मको सडक सफाई गरेका हुन् ।

‘पहिले पहिले गाउँका अधिकांश कामहरु सबै मिलेर हुन्थ्यो, घरकै खाजा, खाना खाएर समाजका लागि काम गरिन्थ्यो, स्थानीय बद्री भूजेलले भने ‘बीचमा गाउँमा पैसाले मात्रै काम हुन थाल्यो, तर अहिले हामी फेरी थोरै पनि श्रमदान गरेर आफ्नो ठाउँको विकासमा जुटेका छौँ ।’ यो सडक पाँचखाल नगरपालिकाको तीनपिप्लेमा अरनिको राजमार्गमा जोडिन्छ ।

वडाध्यक्ष काभ्रेलीले हरेक हप्ताको शनिबार एकदिन गाउँका भित्री सडक, धारा, पधेँरा, पाटी, मठ मन्दिरको सरसफाई र मर्मतसम्भारमा सहभागी हुन वडाबासीहरुलाई अनुरोध गरेको बताए । ‘सबै कुरा पैसासँग मात्रै जोडेर हेर्दा विकास निर्माण सोचेको गतिमा हुदैँन, उनले भने ‘वडामा आएको हरेक योजना पारदर्शी ढंगले सम्पन्न गरेका छौँ, त्यसो हुदाँ सबैले साथ पनि दिनुभएको छ, आफैले गरेको कामको माया पनि त लाग्छ, बनिसकेका सार्वजनिक सम्पत्तिको सफाई, मर्मत र सम्भार गर्ने कामका लागि वडाले चिया समेत खुवाएको छैन ।’

प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार  ९ : ४३ बजे

क्यानको बोर्ड बैठक बस्दै

काठमाडौं । नेपाल क्रिकेट संघको बोर्ड बैठक आज बस्दैछ ।

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज साउन १५ : खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको खतरा

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा आज बिहान