२०८२, १८ मंसिर बिहीबार

सांसद नविनाको दोस्रो हाइकिङ : पनौती देखि नमोबुद्धसम्म

सांसद नविनाको दोस्रो हाइकिङ : पनौती देखि नमोबुद्धसम्म


काठमाण्डौ२५ साउन: सांसद नविना लामाको नेतृत्वमा शनिबार काभ्रेको पनौती देखि नमोबुद्धसम्म हाइकिङ गरिएको छ ।

पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउन भन्दै सांसद लामाले अघिल्लो साता काभ्रेको तेमालबाट हाइकिङ अभियान सुरु गरेकी थिइन । गाउँबाट सहर गएर बसेका युवा मार्फत स्थानीय पर्यटकीय क्षेत्रहरुलाई प्रचारप्रसार गर्ने घरेलु उपाय अन्तर्गत सांसद लामाले हाइकिङलाई अभियानकै रुपमा अघि बढाएकी हुन् ।

शनिबारको हाइकिङमा करिब एक सयको हाराहारीमा युवाहरु सहभागी भए । विश्व सम्पदा सूचीमा सूचिकृतका लागि प्रस्ताव गरिएको पनौतीका विभिन्न ऐतिहासिक ठाउँको अवलोकन गर्दै सुरु भएको हाइकिङ बौद्ध धर्मावलम्बीहरुको ऐतिहासिक स्थल नमोबुद्धमा पुगेर सकिएको थियो ।

सुन्थानको मनमोहक सुन्ताला बगौचा, शंखुपाटीचौरको हरियाली फाँट, मौलिकता बोकेका पुनारा घर, मौलिक रहनसहन अनि हरियाली डाँडाकाँडासँग भलाकुसारी गर्दै पनौती देखि नमोबुद्धसम्मको १० किलोमिटर भन्दा लामो दूरी हाइकिङ टोलीले पार गरेको थियो ।

हाइकिङ टोलीलाई पनौती नगरपालिकाका मेयर भिम प्रसाद न्यौपाने सहितका जनप्रतिनिधिले पनौती बसपार्कमा स्वागत गरेका थिए । ‘सांसद आफै आफ्नो गाउँठाउँको प्रचारप्रसारमा लाग्नु निकै राम्रो कुरा हो, उनले भने ‘नेपाल सरकारले लिएको नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न र पर्यटन सम्बन्धी विभिन्न योजना बनाउन पनि हाइकिङले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

हाइकिङ टोलीलाई धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हर्क बहादुर तामाङले आफ्नै निवासमा स्वागत गरे । युवाको नेतृत्व गर्दै गाउँघर डुल्ने सांसद नविनाको प्रसंशा गर्दै वडाध्यक्ष तामाङले अभियानलाई निरन्तरता दिन अनुरोध गरे ।

नमोबुद्ध मन्दिर परिसरमा नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना सहित जनप्रतिनिधिहरुले स्वागत गरेका थिए । ‘मलाई लाग्छ यो हाइकिङ टिममा काभ्रेका युवामात्रै आवद्ध हुनुहुन्न, यहाँ धेरै ठाउँका युवाहरु सहभागि हुनुहुन्छ, यस्तो अभियानले नमोबुद्धको प्रचारप्रसारमा ठूलो योगदान पुग्छ, उनले भने ‘नगरपालिका पनि तपाईहरुको अभियानमा साथ र सहयोग गर्न सदैब तयार छ ।’

नमोबुद्ध नगरपालिका वडा नम्बर ११ श्यामपाटी सिमलचौरका वडाध्यक्ष कृष्ण बहादुर तामाङले वडा कार्यालयले पनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गरिहेको भन्दै यसलाई अझै बृहत्तर बनाउन सांसद नविना लामासँग आग्रह गरे । ‘राजधानीसँग नजिकको क्षेत्रमा यति धेरै पर्यटक घुम्ने आकर्षक ठाउँ छ, तर हामीले सोचे जति भित्र्याउन सकिरहेका छैनौ, उनले भने ‘हामीसँगै हातेमालो गरेर अघि बढौ, पर्यटक मार्फत विदेशी मुद्रा आर्जन गरेर आफ्नो ठाउँलाई समृद्ध बनाऔँ ।’

सांसद लामाले छिट्टै नमोबुद्ध नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि गुरु योजना बनाउने प्रतिबद्धता जनाइन् । ‘अग्रजहरुको अनुभवलाई युवाहरुले नयाँ प्रविधि मार्फत आफ्नो ठाउँ, भेषभूषा र रितिरिवाजलाई चिनाउन सक्रिय हुनुपर्छ, उनले भनिन्, ‘हाइकिङ एउटा सुरु मात्रै हो, पर्यटन प्रवद्र्धनका लागि मैले गर्नुपर्ने आवश्यक सबै सहयोग स्थानीय तहसँगै मिलेर गर्छु ।’

नेकपाका नेता राजन भूर्तेल, युवा संघका केन्द्रिय सदस्य राकेश लामा, युवा परिषदका सदस्य पवित्रा भूर्तेल लगायतले सांसद लामाको हाइकिङ अभियानमा सहभागी भएर हौसला दिएका थिए ।

प्रकाशित मिति : २०७६, २५ श्रावण शनिबार  ८ : १७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको