२०८२, १२ माघ सोमबार

मेयर–उपमेयरबीच ठाउँठाउँमा बोलचाल बन्द

मेयर–उपमेयरबीच ठाउँठाउँमा बोलचाल बन्द


काठमाडौं, साउन २४ : मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् बस्न सकेको छैन । आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ वडाअध्यक्षले बहिस्कार गरे ।

रौतहट कटरिया नगरपालिकामा मेयर र उपमेयरको विवाद योभन्दा ठूलो छ । यो विवाद उच्च अदालत वीरगन्जमा समेत पुग्यो । उपमेयर नुरजाह खातुनले मेयरबाट आफूमाथि ज्याजति भएको आरोप लगाएकी छिन् ।

रौतहटको गरुडा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी मेयर र उपमेयरबीचको विवाद कटहरिया मात्र नभई ठाउँठाउँमा उत्कर्षमा पुगेको बताउँछन् । म्याग्दीको बेनी नगरपालिका मेयर र उपमेयरबीचको झगडा पनि उत्कर्षमा पुगेको छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २४ श्रावण शुक्रबार  ७ : २३ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै