२०८३, २४ भाद्र बिहीबार

प्रहरीलाई नमूना सङ्गठन बनाउने प्रयास : महानिरीक्षक खनाल

प्रहरीलाई नमूना सङ्गठन बनाउने प्रयास : महानिरीक्षक खनाल


काठमाडौँ, २३ साउन : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना सङ्गठनका रुपमा स्थापित गर्न खोजेको बताउनुभएको छ । पूर्वप्रहरी सङ्गठनका पदाधिकारीसँग आज प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नीतिगत तथा कानूनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रि«य समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै साङ्गठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयास र समुदाय–प्रहरी साझेदारी कार्यक्रमबारे उहाँले जानकारी गराउनुभयो ।विशिष्टिकृत अनुसन्धान एकाइको गठन, विध्वङ्सात्मक गतिविधि नियन्त्रण, लागुऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको प्रहरी महानिरीक्षक खनालले जिकिर गर्नुभयो ।

उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै उहाँले यस अवधारणा संस्थागत होस् भन्ने चाहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन, राजश्व योगदानका साथै विपद् उद्धारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले विज्ञ र संवाहकका रुपमा रहेका पूर्वप्रहरी कर्मचारीसँग रचनात्मक सुझावको अपेक्षा गरिएको बताउनुभयो । नेपाल पूर्वप्रहरी सङ्गठनका संरक्षक पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीले समाज र राष्ट्रलाई दूरगामी प्रभाव पार्ने नीति ल्याएको भन्दै प्रशंसा गर्नुभयो । पूर्वप्रहरी सङ्गठनका राष्ट्रिय अध्यक्ष पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले शान्तिसुरक्षा कायम गर्न प्रहरीले उत्कृष्ट काम गरेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरीका गतिविधि, चुनौती र भावी कार्यक्रम एवं नेपाल प्रहरीलाई अझै गरिमामय, विश्वासिलो र गतिशील बनाउने विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २०७६, २३ श्रावण बिहीबार  ७ : ०९ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको