२०८२, २३ जेष्ठ शुक्रबार

सांसद नविनाको हाइकिङ अभियान तेमालबाट सुरु (फोटो फिचर)

सांसद नविनाको हाइकिङ अभियान तेमालबाट सुरु (फोटो फिचर)


काठमाण्डौ, १९ साउन: संघीय सांसद नविना लामाले काभ्रेको तेमाल गाउँपालिकाबाट हाइकिङ अभियान सुरु गरेकी छिन् ।

तेमाल विकासका लागि युवा अभियान नाम दिएर सांसद लामाले हाइकिङ अभियान सुरु गरेकी हुन् । उनले जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी, महाभारत, खानीखोला र चौरीदेउराली गाउँपालिकामा समेत क्रमशः हाइकिङ अभियान सञ्चालन गर्दै जानकारी दिइन् ।

तेमाल गाउँपालिकाको वडा नम्बर ७ चापाखोरीबाट सुरु भएको हाइकिङ पोखारीनारायणस्थान, याङबेलको तोङसोम कुण्डमा आएर टुंगिएको थियो । विहान ११ः४५ बाट सुरु भएको हाइकिङ विभिन्न डाँडाकाडाँ पार गर्दै झण्डै ४ घण्टाको पैदलपछि सकिएको हो ।

सांसद लामाको हाइकिङ अभियानलाई नेकपाका नेता प्रदिप लामा, तेमाल गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तिमाल सिह तामाङ, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान० का निर्वमान महासचिव कर्ण लामा, टानका पूर्व सदस्य पाल्साङ तामाङ र ह्रेन्जेन दोर्जे प्रतिष्ठानका अध्यक्ष लिला बहादुर लामाले साथ दिएका थिए । साथै अभियानमा करिब ४० जनाले सहभागिता जनाए ।

हाइकिङका बेला भेटिएका डाँडा, गुम्बा, छ्योर्तेन र पर्यटनको सम्भावनाको महत्वका बारे टानका पूर्व महासचिव कर्ण लामा र प्रतिष्ठानका अध्यक्ष लिला बहादुर लामाले युवाहरुलाई जानकारी गराएका थिए ।

अभियानमा सहभागि टोलीले तेमाल गाउँपालिकाको वडा नम्बर ७ चापाखोरी डाँडामा बन्न लागेको टुरिजम मेमोरि पार्क, ह्रोसाइबाचे, पोखरी नारायणस्थान मन्दिर लगायत विभिन्न धार्मिक स्थलहरुको अवलोकन समेत गरेको थियो ।

टुरिजम मेमोरि पार्कका बारे पर्यटन ब्यवसायी कर्ण लामाले जानकारी गराएका थिए । उनका अनुसार यो पार्कमा पर्यटन ब्यवसायसँग सम्बन्धी विविध विधा समावेश गरिनेछ । लामाले तेमालमा धार्मिक पर्यटनका साथै विभिन्न साहासिक पर्यटनको समेत सम्भावन रहेको भन्दै यसलाई कृषि पर्यटनसँग जोडेर विकास गर्नु पर्नेमा जोड दिए ।

सांसद लामाले तेमालको विकास निर्माणमा युवाहरुलाई एकै ठाउँमा उभ्याउने उद्देश्यका साथ अभियान सुरु गरेको बताइन् । ‘तेमालको पर्यटन विकासमा युवाहरुलाई सहभागि गराउने उद्देश्यले तेमालमा हाइकिङ गरिएको हो, उनले भनिन् ‘पर्यटनलाई मुर्त रुप दिने हो भने तेमालको आर्थिक समृद्धि सम्भव छ । यसलाई प्रचारप्रसार गरेर नेपाल सरकारले अघि सारेको Visit Nepal 2020 को पूर्व तयारीका रुपमा समेत यसलाई लिएका छौँ ।’

२०६८ सालमा तयार गरिएको तेमाल ड्रिम परियोजनालाई हाइकिङ अभियानले सार्थक बनाएको सञ्चारकर्मी हिरामान लामाले बताए । ‘हामीले परियोनामा तेमाल क्षेत्रको विकासका लागि ७ वटा पार्क, भ्यूटावर, तेमाल प्रवेश गर्ने १२ वटा गेट, तामाङ संग्रहालय, डम्फुपार्क, विभिन्न मठमन्दिरको निर्माण, संरक्षण र प्रवद्र्धन गर्ने सोच राखेका थियौँँ, उनले भने ‘अहिले आएर यसले सार्थकता पाउँदै गइरहेको छ ।’

प्रकाशित मिति : २०७६, १९ श्रावण आईतबार  १० : १८ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक