२०८३, ३ आश्विन आईतबार

निर्मला हत्याको त्रासले उखुबारी मासियो

निर्मला हत्याको त्रासले उखुबारी मासियो


कञ्चनपुर, १८ साउन:  वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब एक किलोमिटर वरपर सुनसान खेतबारी । हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीको घारीभित्र शव भेटिएपछि त्रासले गर्दा महिला तथा छात्राहरु त्यो सडक भएर हिँड्न छाडिसकेका थिए । उखुबारी छेउ भएर उल्टाखाम आउजाउ गर्न सक्ने अवस्था नभएपछि स्थानीयको दबाबमा उखुबारी नष्ट गरेर धान खेती गर्न थालिएको आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले समाचार लेखेका छन् । तीन पटक बाली लिन सकिने उखु खेतीलाई खेत ठेक्कामा लिएका हरिप्रसाद राठौरले निर्मलाको शव भेटिएपछि अन्तिम पटककको बाली नलिई नष्ट गरिदिएका छन् ।

प्रकाशित मिति : २०७६, १८ श्रावण शनिबार  ६ : ४८ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका