२०८२, २८ चैत्र आईतबार

झुक्याउँछन् ट्राफिक लाइटले

झुक्याउँछन् ट्राफिक लाइटले


काठमाडौं, १८ साउन: नयाँ बानेश्वरको ट्राफिक लाइट नियाल्दा अनौठो दृश्य देखिन्छ। एकोहोरो पहेंलो मात्र बलेको देखिन्छ। लाइटको निर्देशन मान्ने हो भने चालक ‘तयार’ मात्र रहनुपर्छ। हिँड्न पाउँदैनन् । अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

पहेंलो बत्ती बले तयार रहने, हरियो बले हिँड्ने र रातो बले रोकिनुपर्छ। यो नियम यहाँ लागू भएको देखिँदैन किनकि लाइट बेकामे भएको छ। यसले सही संकेत नगरेपछि ट्राफिक प्रहरी हातले निर्देशन गरिरहेका हुन्छन्।

यो समस्या गौशाला, पुतलीसडक, सिंहदरबार अगाडि, कालिमाटी, चक्रपथ, पुरानो बानेश्वर, पद्मोदय विद्यालय अगाडिको चोक, मित्रपार्कलगायत ठाउँमा पनि देखिन्छ। सबै ठाउँमा लाइट छ तर त्यसले काम गर्दैन। निर्देशन सधैं एउटै दिन्छ। सबै ठाउँमा लाइटभन्दा ट्राफिक प्रहरीको हातको निर्देशन चल्छ। पुराना हटाउने, मर्मत गर्ने, नयाँ फेर्ने काम सडक विभागको हो।

विभागले समयमा ध्यान नपुर्‍याउँदा सवारी साधन चालकलाई हैरानी छ। लाइटमा समस्या भएको सडक पूर्वाधार तथा ट्राफिक महाशाखा प्रमुख दीप बराहीले स्वीकार गरे। धेरै ठाउँमा मर्मत सकिएर चालु हुने अवस्थामा रहेको उनको भनाइ छ। ‘कालिमाटी, तीनकुने, सिंहदरबार, पद्मोदय, बागबजार, पुरानो बानेश्वर, गौशाला, मित्रपार्कलगायत नौ ठाउँमा मर्मत सकिएको छ’, उनले भने, ‘काम सकिए पनि बत्ती सुचारु भएको छैन।’

ट्राफिक प्रहरी र सवारी साधनलाई यसमा अभ्यस्त पार्न दिनमा दुई घण्टा चलाउने गरिएको उनले सुनाए। ‘एकै पल्ट चालु गर्दा सबै अभ्यस्त नहुन सकिन्छ। केही समय ट्राफिक प्रहरीलाई पनि ट्रेनिङ दिएपछि पूर्णरूपमा सुचारु हुन्छ’, उनले अन्नपूर्णसँग भने। थापाथली, माइतीघर, चावहिललगायत ठाउँमा भने बत्तीले कुनै संकेत देखाउँदैनन्।

यी ठाउँका ट्राफिक लाइट बिग्रिएको लामो समय हुँदा पनि विभागले मर्मत गरेको छैन। बाँकी ठाउँमा चाँडै मर्मत गर्ने योजना बनेको उनले बताए। ‘मर्मत गर्दा चल्ने ठाउँका बत्ती चाँडो बनाइन्छ’, उनले भने, ‘पूर्णरूपले नचल्ने भएको रहेछ भने नयाँ सिस्टमको बत्ती जडान गरिन्छ।’

प्रकाशित मिति : २०७६, १८ श्रावण शनिबार  ६ : ४४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४