२०८२, ३ माघ शनिबार

ब्लक प्रहारबाट कैदीको मृत्यु

ब्लक प्रहारबाट कैदीको मृत्यु


काठमाडौँ, १७ साउन: ललितपुरको नक्खुस्थित कारागारमा एक कैदीले सिमेन्टको ब्लक प्रहार गर्दा आज अर्का कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका सर्लाहीका ४५ वर्षीय पवनकुमार महत्तोको ब्लक प्रहारबाट कर्तव्य ज्यान मुद्दामै थुनामा रहेका बर्दियाका ३७ वर्षीय पूर्णबहादुर राजीको ज्यान गएको कारागारका जेलर बेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्लकले टाउकोमा हानेकालेभित्र गम्भीर चोट लाग्दा उनको मृत्यु भएको हो । आज दिउँसो १ः४५ बजे उक्त घटना भएको थियो । ब्लक प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारका लागि वीरअस्पताल ल्याइएकोमा चिकित्सकले २.३० बजे मृत घोषणा गरेका थिए ।

महत्तोलाई सोधपुछ गर्दा ‘निहुँ खोज्यो हान्दिएँ’ भनेर जवाफ दिएको अर्यालले बताउनुभयो । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । दुवै कैदी मनोरोगी रहेकाले नियमित औषधि लिइरहेका थिए । उनीहरु आपसमा साथीसाथी भएको जनाइएको छ । नक्खुमा देशभरबाट मनोरोगी भएका कैदी बन्दीलाई राख्ने गरिएको छ । मनोरोगी भएपछि राजीलाई विसं २०७३ मा प्यूठानबाट र महत्तोलाई विसं २०७४ सुनसरीको झुम्काबाट ललितपुर ल्याइएको थियो । अहिले उक्त कारागारमा ४०० भन्दा बढी मनोरोगी कैदीबन्दी रहेका छन् । कारागारमा सबै गरेर कूल एक हजार ४०० कैदीबन्दी रहेका जेलर अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ७ : ३७ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको