२०८२, २९ माघ बिहीबार

ब्लक प्रहारबाट कैदीको मृत्यु

ब्लक प्रहारबाट कैदीको मृत्यु


काठमाडौँ, १७ साउन: ललितपुरको नक्खुस्थित कारागारमा एक कैदीले सिमेन्टको ब्लक प्रहार गर्दा आज अर्का कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका सर्लाहीका ४५ वर्षीय पवनकुमार महत्तोको ब्लक प्रहारबाट कर्तव्य ज्यान मुद्दामै थुनामा रहेका बर्दियाका ३७ वर्षीय पूर्णबहादुर राजीको ज्यान गएको कारागारका जेलर बेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ब्लकले टाउकोमा हानेकालेभित्र गम्भीर चोट लाग्दा उनको मृत्यु भएको हो । आज दिउँसो १ः४५ बजे उक्त घटना भएको थियो । ब्लक प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारका लागि वीरअस्पताल ल्याइएकोमा चिकित्सकले २.३० बजे मृत घोषणा गरेका थिए ।

महत्तोलाई सोधपुछ गर्दा ‘निहुँ खोज्यो हान्दिएँ’ भनेर जवाफ दिएको अर्यालले बताउनुभयो । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । दुवै कैदी मनोरोगी रहेकाले नियमित औषधि लिइरहेका थिए । उनीहरु आपसमा साथीसाथी भएको जनाइएको छ । नक्खुमा देशभरबाट मनोरोगी भएका कैदी बन्दीलाई राख्ने गरिएको छ । मनोरोगी भएपछि राजीलाई विसं २०७३ मा प्यूठानबाट र महत्तोलाई विसं २०७४ सुनसरीको झुम्काबाट ललितपुर ल्याइएको थियो । अहिले उक्त कारागारमा ४०० भन्दा बढी मनोरोगी कैदीबन्दी रहेका छन् । कारागारमा सबै गरेर कूल एक हजार ४०० कैदीबन्दी रहेका जेलर अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ७ : ३७ बजे

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं.

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार