२०८३, २४ भाद्र बिहीबार

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम


काठमाडौं ,साउन १७ : बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ ।

अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालयका प्रधानाध्यापकलाई पनि जानकारी भएन । महालेखाको प्रतिवेदनमा बाउन्ड्री वाल शीर्षकमा बजेट खर्च भएको विवरण देखेपछि मा आफूलाइृ थाहा भएको प्रधानध्यापक सुकदेव गुप्ताको भनाइ छ ।

उनी भन्छन्, ‘वाल लगाउने काम स्थानीय तहबाट भएको छैन, हो एउटा उपभोक्ता समिति आएर केही माटो खन्याउने काम विद्यालयमा पक्कै पनि भएको हो, यद्यपि विद्यालय प्रशासनसँग खासै समन्वय गरिएको थिएन ।’ यो समाचार आजको नागरिक दैनिकमा जितेन्द्रकुमार झाले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ८ : १८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको