२०८२, ३ माघ शनिबार

घरभित्र गोली हान्ने को ?

घरभित्र गोली हान्ने को ?


काठमाडौं ,साउन १७ : राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।

प्रहरीले मंगलबार शर्माका छिमेकी पूर्वउपसचिव शुभांकर ढकाललाई नियन्त्रणमा लिएको थियो । ढकालले लाइसेन्स लिएर घरमा राखेको दुई थान बन्दुकबाट गोली चलेको हुन सक्ने प्रहरीको आशंका थियो । तर फरेन्सिक जाँचमा घरभित्र भेटिएको गोली ढकालको बन्दुकबाट नचलेको पुष्टि भएपछि प्रहरीले उनलाई छाडेको छ ।

शर्माकी छोरी बस्ने कोठामा राति साढे ९ बजेतिर झ्यालबाट गोली छिरेको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले गोली कसले हान्यो भन्नबारे अहिलेसम्म यकिन गर्न नसकिएको बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७६, १७ श्रावण शुक्रबार  ७ : ३० बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको