२०८२, २२ बैशाख सोमबार

पानी झर्दैन, मिटर चढिरहन्छ

पानी झर्दैन, मिटर चढिरहन्छ


काठमाडौं,साउन १४: कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय पुग्यो। बिहान १० बजेतिर कर्मचारी आउने क्रम पनि सुरु भयो। केयूकेल परिसरमा सरकारी गाडी गाडी थिए। त्यहाँ कर्मचारी मात्रै भएकाले हामी उपभोक्ता खोज्दै केयूकेएल शाखा थापाथली पुग्यौं। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

उपभोक्ता महसुल बुझाउन फाट्टफुट्ट आइरहेका थिए। उनीहरूको एउटै गुनासो थियो, ‘धारामा पानीको थोपो झर्दैन, पैसा भने महिना दिन तिर्नैपर्छ नत्र जरिबाना लाग्छ।’ धारामा पानी नआए पनि काठमाडौं उपत्यकाबासीले महसुल तिर्नुपर्छ। ‘सातामा एकचोटि पानी आउँछ तर त्यो पनि ठेगान हुँदैन,’ काठमाडौं–२१ भोटेबहालका सानोभाइ डंगोलले भने, ‘मेलम्ची आउँछ कि भन्ने आसमा पैसा तिर्न आएको।’ उनले पानी नआए पनि आफूले नियमित महसुल तिररहेको बताए।

‘मेलम्चीको कुरा सुन्दासुन्दै बूढो हुने भएँ। एक दिन त कसो नआउला,’ उनले भने, ‘मेरा पालामा नआए पनि छोराछोरीको समयमा आउला नि। उनीहरुका लागि भए पनि तिरिदिनुपर्‍यो।’

प्रकाशित मिति : २०७६, १४ श्रावण मंगलबार  ७ : १५ बजे

प्रशासनकै संरक्षणमा साँस्कृतिक महोत्सव,बढ्यो बिकृति !

काठमाडौं: सिन्धुलीमा गएको बैशाख ११ गते देखि जारी फुड फेस्टिभल

फेवातालमा फसेका ८ जनाको उद्धार

काठमाडौं । हावाहुरीसहित परेको पानीका कारण फेवातालमा फसेका ८ जनाको

लागुऔषध नियन्त्रणदेखी फरार अभियुक्त पक्राउसम्मको तथ्य

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्‌लेले आफ्‌नो एक वर्षे बसाईका क्रममा

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई