२०८२, ५ पुस शनिबार

शक्ति अस्थायी र सत्य स्थायी हुन्छ : प्रधानमन्त्री ओली

शक्ति अस्थायी र सत्य स्थायी हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, १३ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति अस्थायी हुने तर सत्य स्थायी र अपराजेय हुने बताउनुभएको छ । ग्लोबल हिन्दू फेडरेसनका अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको ३० सदस्यीय प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै आज उहाँले वैदिक सभ्यता र परम्पराका बारेमा चर्चा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्राच्य सभ्यता र मौलिक संस्कृतिको सकारात्मक पक्ष एवं गौरवमय विगतका बारेमा बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो,“हाम्रा पूर्खा अनुसन्धाता र आविष्कारक थिए, उनीहरुले सबै बिरुवाका पात र जराको परीक्षण गरी औषधिको विकास गरे, आयुर्वेदको विकास गरे ।” प्रधानमन्त्री ओलीले भन्नुभयो,“हिन्दूवादका नाममा हामीले अन्धअनुशरण गर्नु हुँदैन, हाम्रा पूर्खाले कुनै पनि कुरा परीक्षणपश्चात मात्र विश्वास गर्नुपर्दछ भनेका छन् । आज पश्चिममा प्रयोगशालाबाट प्रमाणित गर्ने कुरा गर्दछन्, तर हाम्रा पूर्खाले उहिल्यै परीक्षण र पुष्टिको कुरा गरेका थिए ।”

प्रधानमन्त्री ओलीले दर्शन शास्त्र विश्वको यही भू–भागमा उत्पन्न भएको हाम्रा पुराणबाट पुष्टि गरिएको उल्लेख गर्दै हाम्रा पूर्खाले ब्रह्माण्ड र पृथ्वीको उत्पत्तिका सम्बन्धमा र खगोल शास्त्रका विषयमा समेत विहङ्गम अध्ययन गरेको बताउनुभयो । हाम्रो गौरवमय परम्परा र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यही धर्तीमा वेद र पुराणको रचना भएको थियो, कोशी र गण्डकीको किनारमा । यो भूमि सभ्यताको जन्मभूमि हो ।” हाम्रो परम्परा गौरवमय थियो भन्ने कुरा अब कामबाटै प्रमाणित गर्नुपर्ने समय आएको उहाँको भनाइ थियो । रासस

प्रकाशित मिति : २०७६, १३ श्रावण सोमबार  ९ : २२ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा