२०८३, ५ श्रावण बुधबार

आज साउनको दोस्रो सोमबार, शिवको पूजा गर्दा के के फाइदा हुन्छ ?

आज साउनको दोस्रो सोमबार, शिवको पूजा गर्दा के के फाइदा हुन्छ ?


काठमडौँ १३ साउन : आज साउने दोस्रो सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् । आज बिहानैदेखि काठमाडौँको पशुपति क्षेत्र, लगायतका देशभरका शिवालयहरुमा बिहानैदेखि घुँईचो लागेको छ ।

यस दिन विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।


यो महिनामा मन्दिरमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएकाले साउन महिनामा मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको अनिरुद्र मन्दिरका पुजारी गणेशदत्त अवस्थीले बताउनुभयो ।

बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेको स्थानीयवासीले बताएका छन् ।

शिवजीको शिरमा चन्द्र रहेकाले उनलाई शशिशेखर भनिन्छ र उनलाई चन्द्रमाप्रति विशेष लगाव छ । चन्द्रमा सोमवारको अधिपति भएकाले शिवजीलाई सोमवार प्रिय लाग्छ ।

सोमवारको दिन उपवास बस्दा आशुतोष भगवान् शिवको कृपा प्राप्त हुन्छ । व्रत बसेर शिवजीको पूजन गर्नुहोस् र पूजा गर्दा शिवलिंगमा जल र दूधको धाराले अभिषेक गर्नुहोस् । नभाँचिएको बेलपत्र चढाउन नबिर्सनुहोस् । यसो गर्दा शुभ फल प्राप्त हुन्छ ।

ऊँ नमः शिवाय पञ्चाक्षरी मन्त्र पाठ गरी शिव उपासना गर्दा पनि उनी प्रसन्न हुने धार्मिक विस्वास छ

प्रकाशित मिति : २०७६, १३ श्रावण सोमबार  १२ : ३८ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने