२०८३, १९ आश्विन मंगलबार

जन्मदिनमा पारिजात र बेलपत्र बृक्षारोपण

जन्मदिनमा पारिजात र बेलपत्र बृक्षारोपण


काठमाण्डौ, १२ साउन: हुन त धेरैले आफु जन्मेको दिन फजुल खर्च गरेर, अनावश्यक ठाउँ घुमेर धेरै खर्च गर्ने गरेको पाइन्छ । तर काभ्रेका एक युवाले भने बृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

युवा संघ नेपालका केन्द्रिय सदस्य भेषराज शाहले आफ्नो ३० औँ जन्मदिनको अवसरमा बनेपा नगरपालिका वडा नम्बर ६ स्थित गोसाइथान वनमा बृक्षरोपण गरे ।

उनले पारिजात, बेलपत्र, एभोकाडो, लप्सी, धूपी लगायत जातका विरुवा रोपेर जन्मदिन मनाएका हुन् । उनको बृक्षरोपण कार्यमा नेकपाका केन्द्रिय सदस्य दिलु पन्त, युवा संघका महासचिव नरेश शाही, युवा संघका केन्द्रिय सदस्य तिर्थ श्रेष्ठ, वाइसिएलका केन्द्रिय सदस्य अभिलाष तामाङ, पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका स्वकीय सचिव नितेश पौडेल, बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचिता नन्द केसी, जिल्ला तहका अगुवा नेताका साथै विभिन्न संघसस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति देखिन्थ्यो ।

कार्यक्रममा सहभागिहरुले शाहको जन्मदिन मनाउने तरिकाको खुलेर प्रशंसा गरे । ‘जन्मदिनको अवसर पारेर बोटविरुवा रोप्नु राम्रो कामको सुरुवात हो, वडाध्यक्ष केसीले भने ‘यस्तै रचनात्मक कार्यमा युवाहरु लाग्ने हो भने मुलुकले छिट्टै काँचुली फेर्ने छ ।’

साथै उनले जन्मदिनको अवसर पारेर नैमिषारम्य गुरुकुलमका बटुकहरुलाई भोजन समेत गराएका थिए ।

प्रकाशित मिति : २०७६, १२ श्रावण आईतबार  ९ : ०२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि