२०८२, १८ मंसिर बिहीबार

बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना

बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना


काठमाडौँ, ७ साउन : बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै बुधबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने जनाएको हो । यस्तै देशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका थोरै स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।

यस्तै बिहीबार देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशखाले आग्रह गरेको छ । वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । रासस

प्रकाशित मिति : २०७६, ७ श्रावण मंगलबार  ८ : ५१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको