२०८२, ३ माघ शनिबार

धेरै समय विद्यालय, सिकाइमा प्रतिकूल असर

धेरै समय विद्यालय, सिकाइमा प्रतिकूल असर


काठमाडौं, ७ साउन : हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ । विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्ने सोच्नु गलत भएको पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको मानसिक विभागका प्रमुख रवि शाक्यले बताए ।

विद्यालयमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक तथा आर्थिक उपलब्धिको ढोका बन्द हुनसक्ने उनको सुझाव छ । बालबालिकादेखि हुर्किएका विद्यार्थीले पनि लामो समय विद्यालयमा बिताउनु उचित नभएको उनको भनाइ छ ।

टाढा विद्यालय भएकाहरू र कक्षा ८ देखि १० सम्म पढ्ने विद्यार्थी बिहान ८ बजे स्कुल जानका लागि ७ बजे नै घरबाट हिँड्नुपर्छ । साँझ घर फर्किंदा ५ बज्छ । ट्युसन क्लास वा अतिरिक्त कक्षा भनेर स्कुलमा बिहानबाट साँझसम्म विद्यार्थीलाई राख्ने गरिन्छ ।

लामो समय स्कुलमा समय बिताउँदा थकानका कारण न अतिरिक्त क्रियाकलाप प्रभावकारी हुने गर्छ न त शिक्षकले पढाएको नै प्रभावकारी हुन्छ– डा. शाक्य थप्नुहुन्छ । यस्तो हुनु उनीहरूको मानसिक तनावको विषय हुने उहाँले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ७ श्रावण मंगलबार  ७ : १४ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको