२०८१, १४ मंसिर शुक्रबार

मेलम्चीका मजदुरले फिर्ता लिए आन्दोलन

मेलम्चीका मजदुरले फिर्ता लिए आन्दोलन


काठमाडौं, ७ साउन : आन्दोलनमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाका मजदुरले विरोधका कार्यक्रम स्थगित गरेका छन् । रोकिएको तलब सुविधा पाउने सुनिश्चित भएपछि एक साता अघिदेखिको विरोधका कार्यक्रम स्थगित भएको हो ।

नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । आन्दोलनका कारण सुन्दरीजल खण्डको सम्पूर्ण काम ठप्प भएको थियो । मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसीले करारमा लिएका मजदुर तलब सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रधानमन्त्री कार्यालयमा उनीहरुलाई तलब सुविधा दिने छलफल भएपछि कार्यक्रम स्थगित भई काम सुचारु भएको मेलम्ची खानेपानी विकास समितिका एक उच्च अधिकारीले जानकारी दिए । आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसीले काम छोडे पनि सुरुङभित्र भेन्टिलेसन स्याफ्टको लागि छुट्टै ठेक्कामा काम भइरहेको थियो ।

मजदुरहरूले सिएमसीसँग काम गर्दा पाउनुपर्ने तलबको माग राखी आन्दोलन सुरु गरेका थिए । आन्दोलनकै कारण भेन्टिलेसन स्याफ्ट, सुन्दरीजल पानी प्रशोधन केन्द्र र पाइप बिछ्याउने काम समेत प्रभावित बनेको थियो ।

‘अहिले कुरा मिल्यो । काममा अबरोध नगर्ने भनेको छ’, आयोजना स्रोतले भन्यो–‘प्रधानमन्त्री कार्यालय तहमै यस विषयमा छलफल भएर कुरा टुंगिएको हो ।’ सुरुङको सुन्दरीजल खण्डमा भेन्टिलेसन स्याफ्टको काम भारतीय कम्पनीले सब कन्ट्«याक्टरको भूमिकामा काम गरिरहेको छ भने पानी प्रशोधन केन्द्र र पानीको पाइप विछ्याउने काम अर्कै ठेक्काअन्तर्गत काम भइरहेको छ । मजदुरहरुले दुई महिनाको तलब लिन बाँकी रहेको माग राखेका थिए । करिव ७० मजदुरको ५० लाख रुपियाँ तलब लिन बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७६, ७ श्रावण मंगलबार  ७ : ०९ बजे

मन्त्री गुप्ता र तिब्बतका कार्यकारी उपाध्यक्ष योङचिबीच भेटवार्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र

आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि नै

मौसम अपडेट : तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

चलचित्र उद्योगलाई पर्यटन उद्योगसंँग जोड्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक

आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौ :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सृजना