२०८१, ७ चैत्र शुक्रबार

प्रदेश ३को मन्त्रिपरिषद बैठक सम्पन्न, योजना आयोगका उपाध्यक्ष देवकोटाको राजीनामा स्वीकृत

प्रदेश ३को मन्त्रिपरिषद बैठक सम्पन्न, योजना आयोगका उपाध्यक्ष देवकोटाको राजीनामा स्वीकृत


हेटौंडा ६ साउन : प्रदेश नं ३ मन्त्रिपरिषदको बैठक सोमबार १२ वटा निर्णय गरी सम्पन्न भएको छ । बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले असार २५ गते दिएको राजिनामा स्वीकृत गरिएको छ । त्यस्तै बैठकबाट सार्वजनिक खरिद नियमावली २०७६ स्वीकृत गर्ने निणय गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताए ।

बैठकले मुख्यमन्त्री कार्यालयमा ११ औ तहका स्वास्थ्यसेवाका कर्मचारी राख्ने निणय गरिएको छ । स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्ति गर्ने कार्यबिधि २०७६ स्वीकृत गरिने, द्वन्द प्रभावित परिवारलाई सहयोग गर्ने कार्यबिधि २०७६ स्वीकृत गर्ने निर्णय भएको मन्त्री ढुङ्गेलले बताएका छन् ।

मन्त्रिपरिषदको बैठकले एक बिद्यालय एक नर्ष सञ्चालन गर्ने कार्यबिधि २०७६ स्वीकृत गर्ने निणय गरिएको छ । प्रदेश राजपत्रमा प्रकाशन निर्देशिका २०७६ स्वीकृत गरिएको छ । यसैगरी बैठकले आर्थिक वर्ष २०७५–०६६ मा प्रदेशका स्थानीय तहलाई दमकल, एमुलेन्स, सवबहान खरिद गर्नका लागि दिइएको सर्सत्र अनुदान रकम फ्रिज नगर्ने भएका छन् ।

यो अनुदान रकमबाट केही स्थानीय तहले अत्यावस्यक सवारीका साधन खरिद गरेका छन् भने केहीले खरिदको प्रकृया सुरु गरेका छन् । प्रदेश सरकारले स्थानीय तहलाई अत्यावस्यक सवारीका साधन खरिद गर्न दिएको रकम खर्च नभएको पाइएमा फ्रिर्ता लिएर पछी फेरी दिनेगरी निणय गरेको भए आर्थिक नियमको बख्रीलाप नहुने प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

बैठकले कृषि मन्त्रालय र कृषि विकास वैकमा इमेल गर्ने, सार्वजनिक निर्माण कार्यान्वयन इकाइको समय र कार्यक्षेत्र थप गर्ने, कर्मचारी दरवन्दी थप गर्ने निणय गरिएको छ । यसैगरी प्रदेश ३ का भूमि, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको धर्म पत्नी कान्छीमायाँको मृत्युको शोक प्रस्ताव पारित गर्ने निणय गरिएको छ ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  २ : ५३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक