२०८३, २४ भाद्र बिहीबार

तटबन्धले रोकेन नदी कटान

तटबन्धले रोकेन नदी कटान


काठमाडौं, साउन ६ : असार र साउन महिनामा वर्षेनी आउने बाढीले मध्य तथा पूर्वी मधेसका अधिकांश जिल्ला डुबानमा पर्दै आएका छन् । गत असार अन्तिम साता बाग्मती, लालबकैया, रातु, कमला, खाँडो, कोसी र कन्काई तथा पश्चिममा कर्णाली नदीको अनियन्त्रित बहावले उक्त भौगोलिक क्षेत्रका लाखौँ सर्वसाधारणको जनजीवन असहज बन्न पुग्यो ।

ठूलो धनराशि खर्च गरेर बनाइएका तटबन्धले पनि नदी कटान रोक्न सकेको छैन । नदीको बहाव नियन्त्रण गरेर क्षति न्यूनीकरण गर्न करोडौँ रुपियाँको लगानीमा तटबन्ध निर्माण गरिन्छ । मर्मतमा बर्से्नि करोडौँ रुपैयाँ खर्चिन्छ । अतिवृष्टि भएको वर्ष तटबन्धकै कारणले डुबानमा परेर नागरिकको ज्यान जोखिममा पर्दै आएको छ । बालीनाली र पशुधन पनि क्षति हुँदै आएको छ ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सरिता दवाडी भने तटबन्ध भत्काएर अनियन्त्रित बहाव मात्रैले डुबान नल्याएको बताउँछन् । उनले अव्यवस्थित सहरीकरण र ढलको उचित निकास नहुँदा सहरी क्षेत्र डुबानमा परेको तर्क गरे । गएको असार महिनाको बाढीले अप्रत्याशित रूपमा डुबान निम्तिएको उनले बताए ।

दवाडीका अनुसार बाग्मती, लालबकैया, कमला, खाँडोको अनियन्त्रित बहावले रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीको ग्रामीण क्षेत्रमा बढी क्षति पु¥याएको हो । झापा भएर बग्ने कन्काई र कमला नदीले मात्रै २१ स्थानमा कटान गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार  ७ : ०४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको