२०८२, ६ फाल्गुन बुधबार

‘भारतीय बाँधका कारण तराई डुबानमा’ :सांसद सुवाल

‘भारतीय बाँधका कारण तराई डुबानमा’ :सांसद सुवाल


भक्तपुर, ३ साउन: नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको एक तालीमको आज समापन कार्यक्रममा उहाँले भारतीय तटबन्धले पारेको समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । दरबार क्षेत्रमा अवस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन जीर्णोद्धार गर्न पुराना प्रमाण भेटाउन नसक्दा ढिलाइ भइरहेको बताउँदै उहाँले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदा तथा सार्वजनिक र पर्ती जग्गाको अभिलेखीकरण राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी लगायतले भक्तपुरको प्राचीन इतिहास खोतल्न भक्तपुरका पुराना फोटोग्राफरलाई अगाडि ल्याउन आवश्यक भएको बताउनुभयो ।रासस

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ६ : ३७ बजे

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय

प्रश्नबाट भाग्दिन’ भन्ने गगनको चुनौती : अब परीक्षा राष्ट्रिय सभामा

काठमाडौं । गगन थापा ले राजनीतिक दलहरू प्रश्नबाट भाग्ने प्रवृत्तिको

धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल मुद्दा दर्ता

काठमाडौँ । नेकपा बहुमतका प्रतिनिधिसभा सदस्य धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले