२०८३, २४ भाद्र बिहीबार

दोलखा भीमसेन र कालिञ्चोक भगवतीको महिमा यस्तो छ हेर्नुहोस

दोलखा भीमसेन र कालिञ्चोक भगवतीको महिमा यस्तो छ हेर्नुहोस


मानिसका लागि भगवान र ईश्वरको बास हुने ठाँउ भनेकै जीवन हो । जसमा आफ्नो जीवन जत्तिकै आस्था जोडिएको हुन्छ । नेपालका अधिकांश देवालयहरुमा असंख्य मानिसको आस्था जोडिएको छ । त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको छ। यसैले भिमेश्वर अद्भुत शक्ति रहेको देवालयका रुपमा चिनिन्छन् ।

शिवको अर्को रूप भैरव, भीम पनि हो त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ। यस भीमेश्वर, भीमसेनमा साधारण पूजा देखि पञ्चवली र एकल पूजा (याकर पूजा समेत गरिने परम्परागत चलन छ। भीमेश्वरको पूजाको लागि गुठीको व्यवस्था भएको छ। जसमा ४ गुठीयार र ४ टहलुवाहरू छन्। गुठीयारको काम नियमित रूपमा राकिय (रासपूजा० पूजा, चाडपर्व अनुसारको विशेष पूजा गर्नु हो भने टहलुवाहरूको काम मन्दिर र इधर भगवानको पूजा सामान ठिक गर्नु र चल सम्पति रेखदेख गर्नु हो।

यस भीमेश्वर भीमसेन मूर्तिमा शिव महादेवको रूपमा रुद्री पजा गरिन्छ भने भीमसेन भैरवको रूपमा वलीपूजा पनि भइरहेको छ। रुद्रीको साथै वलीपूजा गर्ने चलन कहिलेदेखि भयो यकिन गरी भन्न सकिने अवस्था नभए पनि स्थापना कालदेखि भइरहेका अनुमान छ। वलीपूजाको बेला महादेवशिव चुडामणिमा९दोलखा भीमसेन चुडामणि० गएर बस्नुहन्छ र भीमसेन भैरवले मात्र वली पूजा ग्रहण गर्नुहुन्छ भन्ने जनधारणा छ।भीमसेन भीमेश्वर मूर्तिबाट रातो र सेतो तल चूडामणिको टप्पामा बाँधिएको हुन्छ।

देशमा सङ्कट अनिष्ट हुनुभन्दा पहिले भीमसेन मूर्तिमा पसिना आउने गर्दछ। त्यसैले भीमसेनलाई पूर्व सूचक भनिएको हो। यो भीमेश्वर भीमसेनको मूर्ति कहिले कस्ले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन। वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ। जस्तो हाइहाइ राजा, सुइसुइ राजा डवाफे गोंस, तुफी गोंस राजा, गोल्मा राजा, लिच्छवी कालिन, मल्लकालिन, पात्रवंशी राजा तथा गद्धिसिन श्री ५ महाजारधिराज समेतको नाम लिने गरिन्छ।

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ६ : ०५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको