२०८२, २८ चैत्र आईतबार

आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण : के गर्ने, के नगर्ने?

आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण : के गर्ने, के नगर्ने?


काठमाडौं, असार ३१: मंगलवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण नेपालमा मंगलबारको राति १:४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख छ।

यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ। खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिन्छ।

क्यानडा तथा उत्तर अमेरिकामा बसोवास गनहरूले यो ग्रहणको अनुभव लिन पाउने छैनन्। चन्द्रग्रहण सूयग्रहणजस्तो हानिकारक नहुने हुँदा नांगै आँखाले हेर्न सकिने खगोलशास्त्रीहरू बताउँछन्। ‘चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामाग्रीले हेर्दा केही असर गर्दैन’, खगोलशास्त्री आचार्य भन्छन्, ‘चन्द्रग्रहणमा कुनै त्यस्ता आँखालाई हानि नोक्सानी पुर्याउने खालका किरण आएका हुँदैनन्।’

के हो ग्रहण?
एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनुलाई ग्रहण भनिन्छ। सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था ग्रहण हो। ग्रहण औँसी र पूर्णिमामा लाग्छ।

सूर्यग्रहण औँसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा। खग्रास र खण्डग्रास खगोलविद आचार्यका अनुसार पूरै ग्रह ढाकिएर अँध्यारो हुने अवस्थालाई खग्रास र आंशिक ढाक्ने अवस्थालाई खण्डग्रास भनिन्छ।

ग्रहणका वेला के गर्ने, के नगर्ने?
पुराणहरूमा ग्रहणका वेला जप तप गर्नुपर्ने विधान छ। फलित ज्योतिषीय मान्यताअनुसार सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ।

यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ। यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यका लागि त्यागिन्छ।

मंगलबारको ग्रहण कसले हर्ने? कसले नहेर्ने?
विशेषगरी फलित ज्योतिषमा विश्वास गर्नेहरूका लागि पञ्चाङ्गहरूले ग्रहण फल बताएका छन्। यो ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशिका लागि फलदायी बताइएको छ। तर मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक धन र मकर राशिका मानिसले यो ग्रहण हेर्न नहुने बताइएको छ।

प्रकाशित मिति : २०७६, ३१ असार मंगलबार  ७ : ०९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४