२०८३, ११ बैशाख शनिबार

बीपी राजमार्ग अझै खुलेन, यात्रुलाई सास्ती

बीपी राजमार्ग अझै खुलेन, यात्रुलाई सास्ती


धुलिखेल, असार २९ गतेः शुक्रबार देखि अवरुद्ध बीपी राजमार्ग अझै खुलेको छैन् । राजमार्गको विभिन्न ठाउँमा माथिबाट खसेको पहिलो र स साना खल्सा, खहरेमा आएको बाढीले राजमार्ग अवरुद्ध छ ।

राजमार्गको काभ्रे खण्ड अन्तर्गत माम्ती र कालढुंगामा अवरोध सडक शनिबार एकतर्फी रुपमा खुल्ला भएपनि आइतबार पनि सवारी अवगमन चल्न सकेन् । काभ्रेका डिएसपी दिपक गिरीका अनुसार माम्ती र कालढुंगा क्षेत्रमा आइतबार पानी पर्न थालेकाले सवारी आवगमन रोकिएको हो । ‘खहेरेहरुमा माथिबाट गेगर बगेर आएपछि अवरोध बनेको राजमार्ग एकतर्फी खुलाएर सवारी सुचारु गरेका थियौँ, उनले भने ‘आइतबार पुनः त्यस क्षेत्रमा पानी पर्न थालेकाले सवारी साकिएको छ ।’


क्रसर र ढुंगा खानीका कारण रोशी गाउँपालिकाको माम्ती र कालढुंगा क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

यसैबीच बीपी राजमार्गको सिन्धुली खण्डपनि पूर्णरुपमा अवरुद्ध छ । गोलञ्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सडक माथिबाट खसेको पहिरोले अवरुद्ध पारेको सडक सञ्चालनमा आउन नसकेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खुर्कोट देखि गढीसम्मको क्षेत्रको सडकमा बढी क्षति पुगेको छ । माथिल्लो बारा र तल्लो बाराको बीचमा पर्ने २६ किलोमा पनि सडक अवरुद्ध छ । कतै माथिबाट आएको पहिरो र कतै सडक नै भासिएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि तराई र पूर्वी नेपाल जाने सबै यात्रु प्रभावित बनेका छन् । राजमार्ग अवरुद्ध भएपनि काठमाण्डोबाटै त्यस तर्फ जाने सवारी साधन नछुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पछिल्लो समय बीपी राजमार्ग हुदैँ सुमो र माइक्रोबसको चाप ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : २०७६, २९ असार आईतबार  ५ : ५८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले