२०८३, ८ कार्तिक आईतबार

बीपी राजमार्ग अझै खुलेन, यात्रुलाई सास्ती

बीपी राजमार्ग अझै खुलेन, यात्रुलाई सास्ती


धुलिखेल, असार २९ गतेः शुक्रबार देखि अवरुद्ध बीपी राजमार्ग अझै खुलेको छैन् । राजमार्गको विभिन्न ठाउँमा माथिबाट खसेको पहिलो र स साना खल्सा, खहरेमा आएको बाढीले राजमार्ग अवरुद्ध छ ।

राजमार्गको काभ्रे खण्ड अन्तर्गत माम्ती र कालढुंगामा अवरोध सडक शनिबार एकतर्फी रुपमा खुल्ला भएपनि आइतबार पनि सवारी अवगमन चल्न सकेन् । काभ्रेका डिएसपी दिपक गिरीका अनुसार माम्ती र कालढुंगा क्षेत्रमा आइतबार पानी पर्न थालेकाले सवारी आवगमन रोकिएको हो । ‘खहेरेहरुमा माथिबाट गेगर बगेर आएपछि अवरोध बनेको राजमार्ग एकतर्फी खुलाएर सवारी सुचारु गरेका थियौँ, उनले भने ‘आइतबार पुनः त्यस क्षेत्रमा पानी पर्न थालेकाले सवारी साकिएको छ ।’


क्रसर र ढुंगा खानीका कारण रोशी गाउँपालिकाको माम्ती र कालढुंगा क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

यसैबीच बीपी राजमार्गको सिन्धुली खण्डपनि पूर्णरुपमा अवरुद्ध छ । गोलञ्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सडक माथिबाट खसेको पहिरोले अवरुद्ध पारेको सडक सञ्चालनमा आउन नसकेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खुर्कोट देखि गढीसम्मको क्षेत्रको सडकमा बढी क्षति पुगेको छ । माथिल्लो बारा र तल्लो बाराको बीचमा पर्ने २६ किलोमा पनि सडक अवरुद्ध छ । कतै माथिबाट आएको पहिरो र कतै सडक नै भासिएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि तराई र पूर्वी नेपाल जाने सबै यात्रु प्रभावित बनेका छन् । राजमार्ग अवरुद्ध भएपनि काठमाण्डोबाटै त्यस तर्फ जाने सवारी साधन नछुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पछिल्लो समय बीपी राजमार्ग हुदैँ सुमो र माइक्रोबसको चाप ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : २०७६, २९ असार आईतबार  ५ : ५८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना