२०८२, ४ माघ आईतबार

त्रिविमा गोल्ड मेडल बेचुवाहरूलाई कारबाही गर्न मुद्दा दर्ता

त्रिविमा गोल्ड मेडल बेचुवाहरूलाई कारबाही गर्न मुद्दा दर्ता


काठमाडौं, २४ असार :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्ड मेडलका लागि परीक्षा परिणाम फेरबदल गर्ने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । परीक्षाको प्राप्तांक फेरबदल गरेको अभियोगमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सुरेन्द्रप्रसाद कोइराला र केदार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियारले छानबिनमा गर्दा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई १ लाख ५० हजार रुपैयाँ घुस दिई नम्बर थप्न लगाएको पाइएको छ । परीक्षा परिणाम फेरबदल गरेर गोल्ड मेडल किनबेच हुने उजुरी अख्तियारमा परेपछि कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालेको थियो ।

कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामबहादुर कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गरेको थियो । धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । अख्तियारको अनुसन्धानमा उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । छानबिन पूरा भएपछि उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको प्र्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २४ असार मंगलबार  ७ : ०१ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई