२०८३, २९ श्रावण शनिबार

त्रिविमा गोल्ड मेडल बेचुवाहरूलाई कारबाही गर्न मुद्दा दर्ता

त्रिविमा गोल्ड मेडल बेचुवाहरूलाई कारबाही गर्न मुद्दा दर्ता


काठमाडौं, २४ असार :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्ड मेडलका लागि परीक्षा परिणाम फेरबदल गर्ने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ । परीक्षाको प्राप्तांक फेरबदल गरेको अभियोगमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सुरेन्द्रप्रसाद कोइराला र केदार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

अख्तियारले छानबिनमा गर्दा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई १ लाख ५० हजार रुपैयाँ घुस दिई नम्बर थप्न लगाएको पाइएको छ । परीक्षा परिणाम फेरबदल गरेर गोल्ड मेडल किनबेच हुने उजुरी अख्तियारमा परेपछि कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालेको थियो ।

कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामबहादुर कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गरेको थियो । धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ । अख्तियारको अनुसन्धानमा उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । छानबिन पूरा भएपछि उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको प्र्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २४ असार मंगलबार  ७ : ०१ बजे

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल