२०८३, २४ भाद्र बिहीबार

भारत जाँदा छोरा, फर्किदा छोरी

भारत जाँदा छोरा, फर्किदा छोरी


काठमाडौँ, १९ असार : भारत जाने, त्यहि पढ्ने अनि केही कमाएर पठाउने । यहि आसमा माल परिवारले ६ वर्षअघि छोरालाई विदाई गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसवास उडेको छ । गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालीका–१, दोमिल्लाका सुरेन्द्र माल पहिले जस्तो रहेनन् । नाम फेरीएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ ।

भारत पस्दा १८ वर्षका थिए । त्यहि दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । तेस्रोलिंगीहरुको समुहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो ।

रेलवे स्टेसन र वषपार्कमा माग्न लगाइयो । सुरेन्द्रका अनुसार मेरठ बस्न इलियास नामका व्यत्तिले उनको यो अवस्था बनाएको हुन् । इलियासले नै उनको कमाइ खान्छन् ।

मागेर ४०÷५० हजार हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो, न्याय माग्दै मंगलवार जिल्लाप्रहरी कार्यलय पुगेको सुरेन्द्रले भने, मलाई माग्ने बनाउनकै लागी लिंग काटेर फान्न लगाइयो । यो समाचार आजको कान्तिपुर दैनिकमा भवानी भट्टले लेखेकी छिन् ।

प्रकाशित मिति : २०७६, १९ असार बिहीबार  ८ : १४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको