२०८२, २८ चैत्र आईतबार

निजामती अस्पताल ९ करोड घाटामा, बाँडियो ४० लाख भत्ता

निजामती अस्पताल ९ करोड घाटामा, बाँडियो ४० लाख भत्ता


काठमाडौं, असार १९ : सहुलियत दरमा सरकारी कर्मचारीको उपचार गर्ने देशकै एक मात्र सरकारी अस्पताल सिभिल सर्भिस अस्पताल (निजामति कर्मचारी अस्पताल) झन्डै ९ करोड रुपैयाँ घाटामा गएको छ। अस्पताल प्रशासनका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो। राजधानी दैनिकमा समाचार छ, घाटामा जानुको मुख्य कारण निजामती कर्मचारीलाई दिइएको छुटको सोध भर्ना नपाउनु हो।

अस्पताल प्रशासनले दिएको जानकारीअनुसार अस्पताल अहिले झन्डै ९ करोड रुपैयाँ घाटामा छ। अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालका अनुसार अस्पताल व्यवस्थापनका क्रममा आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो। अस्पतालकी प्रशासकीय अधिकृत नेपालले भनिन्, ‘हामीले निजामती कर्मचारीलाई सहुलियत दिँदै आएका छौं। तर, सरकारले सोबापत हामीलाई बजेट उपलब्ध गराउँदैन।’ उता, अस्पताल घाटामा रहे पनि कर्मचारीलाई झण्डै ४० लाख रुपैयाँ प्रोत्साहन भत्ता बाँडेको पाइएको छ।

प्रोत्साहन भत्ताबारे अस्पतालका प्रशासन प्रमुख नेपालले आधारभूत तलबभन्दा कर्मचारीहरूलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने गरिएको बताइन्। उनले भनिन्, ‘३३४ जना कर्मचारीलाई कामको मूल्याकंनको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउँछौं। अस्पतालको सेवाबाट उपलब्ध भएको कुल रकमको १० प्रतिशत रकम प्रोत्साहन भत्ता शीर्षकमा खर्च हुन्छ।’

सरकारले सो अस्पताललाई पुँजीगत खर्च उपलब्ध गराउँदै आएको छ। तर, चालू खर्च उपलब्ध गराउने प्रावधान नरहेको मन्त्रालयले जनाएको छ। अस्पतालले वार्षिक ५५ देखि ५० करोड रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको बताइएको छ। सो अस्पताल २०६५ सालमा चिनियाँ सहयोगमा स्थापना भएको थियो। १५० शøया रहेको अस्पतालमा ६००को उपचार क्षमता रहेको अस्पतालले जानकारी दिएको छ। तर, दैनिक ११ सयको हाराहारीमा बिरामी सेवा लिन आउँछन्।

प्रकाशित मिति : २०७६, १९ असार बिहीबार  ७ : १७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४