२०८२, १० बैशाख बुधबार

निजामती अस्पताल ९ करोड घाटामा, बाँडियो ४० लाख भत्ता

निजामती अस्पताल ९ करोड घाटामा, बाँडियो ४० लाख भत्ता


काठमाडौं, असार १९ : सहुलियत दरमा सरकारी कर्मचारीको उपचार गर्ने देशकै एक मात्र सरकारी अस्पताल सिभिल सर्भिस अस्पताल (निजामति कर्मचारी अस्पताल) झन्डै ९ करोड रुपैयाँ घाटामा गएको छ। अस्पताल प्रशासनका अनुसार आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो। राजधानी दैनिकमा समाचार छ, घाटामा जानुको मुख्य कारण निजामती कर्मचारीलाई दिइएको छुटको सोध भर्ना नपाउनु हो।

अस्पताल प्रशासनले दिएको जानकारीअनुसार अस्पताल अहिले झन्डै ९ करोड रुपैयाँ घाटामा छ। अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालका अनुसार अस्पताल व्यवस्थापनका क्रममा आम्दानीभन्दा खर्च बढी हुँदा अस्पताल घाटामा गएको हो। अस्पतालकी प्रशासकीय अधिकृत नेपालले भनिन्, ‘हामीले निजामती कर्मचारीलाई सहुलियत दिँदै आएका छौं। तर, सरकारले सोबापत हामीलाई बजेट उपलब्ध गराउँदैन।’ उता, अस्पताल घाटामा रहे पनि कर्मचारीलाई झण्डै ४० लाख रुपैयाँ प्रोत्साहन भत्ता बाँडेको पाइएको छ।

प्रोत्साहन भत्ताबारे अस्पतालका प्रशासन प्रमुख नेपालले आधारभूत तलबभन्दा कर्मचारीहरूलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने गरिएको बताइन्। उनले भनिन्, ‘३३४ जना कर्मचारीलाई कामको मूल्याकंनको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउँछौं। अस्पतालको सेवाबाट उपलब्ध भएको कुल रकमको १० प्रतिशत रकम प्रोत्साहन भत्ता शीर्षकमा खर्च हुन्छ।’

सरकारले सो अस्पताललाई पुँजीगत खर्च उपलब्ध गराउँदै आएको छ। तर, चालू खर्च उपलब्ध गराउने प्रावधान नरहेको मन्त्रालयले जनाएको छ। अस्पतालले वार्षिक ५५ देखि ५० करोड रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको बताइएको छ। सो अस्पताल २०६५ सालमा चिनियाँ सहयोगमा स्थापना भएको थियो। १५० शøया रहेको अस्पतालमा ६००को उपचार क्षमता रहेको अस्पतालले जानकारी दिएको छ। तर, दैनिक ११ सयको हाराहारीमा बिरामी सेवा लिन आउँछन्।

प्रकाशित मिति : २०७६, १९ असार बिहीबार  ७ : १७ बजे

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

सुर्खेत । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र