२०८३, १४ बैशाख मंगलबार

‘सिरिन्ज आक्रमण’ले मनोवैज्ञानिक त्रास

‘सिरिन्ज आक्रमण’ले मनोवैज्ञानिक त्रास


काठमाडौं, असार १९ : सीतापाइलाकी सीता महर्जन (नाम परिर्वन) स्कुटीमा धोबीघाटतर्फ जाँदै थिइन् । कलंकीमा एक महिलाले लिफ्ट मागिन् । स्कुटर रोकिन् । चढाएर गन्तव्यमा पुर्‍याइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । खुसी हुँदै ती महिलाले महर्जनको कुममा धाप मारिन् । ‘थ्यांकस्’ भन्दै आफ्नो बाटो लागिन् । उनी जब कार्यालय पुगिन् तब, बाटोमा लिफ्ट लिएकी महिलाले धाप मारेको ठाउँमा अनायसै दुखेको महसुस गरिन् ।

सञ्चार माध्यम ‘सिरिन्ज आक्रमण’ ले रंगिएका थिए । अब उनलाई पनि लाग्न थाल्यो, ‘धाप मार्ने महिलाले सिरिन्ज आक्रमण त गरिनन् ?’ बेचैन ह्वात्तै बढ्यो । कुम दुखेको महसुस अझ ज्यादा भयो । आत्तिएकी उनी टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगिन् । अहिले उनी एचआइभीको ‘एन्डी टोड’ लिइरहेकी छिन् । नयाँ बानेश्वरकी विमला श्रेष्ठ (नाम परिवर्तन) एनएसी (नेपाल एयरलाइन्स कर्पोरेसन) अघिबाट टेम्पु चढिन् । उनीसँगै थिए एक अपरिचित युवक । टेम्पु गन्तव्यतर्फ बढ्दै थियो । चालकले अचानक ब्रेक दबाए ।

टेम्पुभित्रका यात्रु एकआपसमा ठोक्किन पुगे । गन्तव्यमा पुगेपछि विमला टेम्पुबाट झरिन् । सरासर घर लागिन् । केही बेरपछि टेम्पुमा युवा ठोक्किएको शरीरतर्फको भाग दुखेको महसुस गरिन् । उनलाई पनि लाग्न थाल्यो, ‘टेम्पुमा ठोक्किएका ती युवाले कतै सिरिन्ज आक्रमण त गरेन ?’ मनमा बेचैन बढ्यो । शरीर अझ दुखेझैँ भयो । हुर्रिंदै उनी टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पुगिन् । अहिले उनी पनि एचआइभीको ‘एन्डी टोड’ लिइरहेकी छिन् ।

कीर्तिपुरमा तीन दिनअघि मैया महर्जन (नाम परिवर्तन) बारीमा मकै गोड्दै थिइन् । मकैको पातले उनको पाखुरा पाछ्यो । काम सकेर बारीबाट उनी बाहिरिइन् । सडकमा हिँड्दै गर्दा एक युवा उनको पाखुरामा ठोक्किन आइपुगे । ठोक्किएको ठाउँमा दुखेको महसुस भयो । अब उनलाई पनि लाग्न थाल्यो, ‘ठोक्किने ती युवाले सिरिन्ज आक्रमण त गरेन ?’ उनी पनि टेकु अस्पताल गइन् र एचआइभीको ‘एन्टी टोड’ लिइन् ।

उपत्यकाको अपराध अनुसन्धान गर्ने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले वास्तविकभन्दा पनि मनमा कल्पित आक्रमणको त्रासबाट उपत्यकाका स्थानीय ज्यादा त्रसित बन्न पुगेको बताए । महाशाखाका अनुसार केही सातायता सिरिन्जभन्दा पनि सिरिन्जको मनोत्रासबाट संक्रमितहरूको उजुरी प्रहरीमा धेरै परेका छन् । १० भन्दा धेरै उजुरी आएको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६, १९ असार बिहीबार  ६ : ५८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले