२०८३, २४ भाद्र बिहीबार

केन्द्रको अनुमति लिएर मात्रै विदेश भ्रमण र उपहार ग्रहण

केन्द्रको अनुमति लिएर मात्रै विदेश भ्रमण र उपहार ग्रहण


काठमाडौं, असार १८: प्रदेश र स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणदेखि विदेशी प्रतिनिधिसँगको भेटघाटसम्ममा कडाइ गर्ने गरी सरकारले निर्देशिका जारी गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।विदेशी सरकार, नियोग, प्रतिनिधि र अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधिसम्बन्धी निर्देशिका, २०७६ मार्फत प्रदेश र स्थानीय तहको कूटनीतिक मामिलालाई व्यवस्थित गर्न खोजेको हो ।

प्रदेशका पदाधिकारी तथा कर्मचारीले व्यक्तिगत कामका लागि विदेश भ्रमण गर्दा मन्त्रालयमा जानकारी गराएर सहमति लिनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । विकास साझेदारको आयोजनामा सञ्चालन हुने छात्रवृत्ति, अध्ययन, अवलोकन भ्रमणलगायत कार्यक्रमका सन्दर्भमा भने अर्थ मन्त्रालयसमेतको सहमति लिनुपर्नेछ ।

निर्देशिकामा विदेश भ्रमणका सिलसिलामा सम्बन्धित मुलुक, विदेशी नियोग वा अन्तर्राष्ट्रिय संगठनसँग गरिने पत्राचार अनिवार्य रूपमा मन्त्रालयमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । भ्रमण गर्नुअघि सम्बन्धित मुलुक हेर्ने नेपाली नियोगलाई जानकारी दिनुपर्ने व्यवस्था पनि छ । विदेश भ्रमणका क्रममा मुलुकलाई दायित्व सिर्जना हुने गरी प्रदेशका पदाधिकारी तथा कर्मचारीले कुनै प्रकारको अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्न वा स्वीकार गर्न नहुने व्यवस्था छ ।

विदेशमा हुने सभा, समारोह तथा बैठकमा गरिने सम्बोधन, भाषण वा छलफलको विषयवस्तु र नेपालको धारणाका सम्बन्धमा मन्त्रालय, नेपाली नियोग र अन्य सम्बन्धित निकायसँग परामर्श गर्नुपर्ने व्यवस्था गरिएको छ । विदेश भ्रमण सकेर आएपछि त्यसको प्रतिवेदन अनिवार्य रूपमा आफ्नो कार्यालयमा बुझाउनुपर्नेछ र एकप्रति मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७६, १८ असार बुधबार  ७ : ०२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको