२०८३, २४ भाद्र बिहीबार

पनौती नगरपालिकाका दुई वडा बालमैत्री

पनौती नगरपालिकाका दुई वडा बालमैत्री


रवि धिताल/ काभ्रे, १४ असार: काभ्रेको पनौती नगरपालिकाका दुई वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।
नगरपालिकाको वडा नम्बर २ र ३ लाई शनिबार बालमैत्री वडा घोषणा गरिएको हो ।

कुशादेवी माध्यामिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वडालाई बाल मैत्री घोषणा गरे ।

स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यन्वयन कार्यविधि २०६८ ले बाल मैत्री स्थानीय निकाय घोषणा २०७० निर्दिष्ट गरेका सुचक पूरा गरेपछि वडालाई बाल मैत्री घोषणा गरिएको बाल मैत्री स्थानीय शासन प्रचार प्रसार समितिले जनाएको छ ।

‘बाल मैत्री स्थानीय शासन, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ वडालाई बाल मैत्री बनाउन विभिन्न कार्यक्रम हुदैँ आएको थियो ।

कार्यक्रममा प्रदेशसभा सासंद बसुन्धरा हुमागाई, पनौती नगरपालिकाका प्रमूख भिम न्यौपाने लगायतका नगरपालिका अधिकारीहरु समेत सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७६, १४ असार शनिबार  २ : २९ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको