२०८३, ७ कार्तिक शनिबार

चट्याङ लागेर ६ को मृत्यु

चट्याङ लागेर ६ को मृत्यु


काठमाडौं, असार ११ :ट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको मृत्यु भएको हो ।

चट्याङ लागेर सोही गाउँका ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन् । उनको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एकै गाउँका यी बालक मौरीघाट माध्यमिक विद्यालय परिसरनजिकै रहेको जामुनको रुखमुनि जामुन खाँदै थिए । बेलुका साढे ६ बजेतिर एक्कासी चट्याङ लागेर चारैजना ढलेका थिए । उनीहरुमध्ये अविनाशको अवस्था मात्रै सामान्य थियो भने अन्य तीनजा अचेत अवस्थामा थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७६, ११ असार बुधबार  ७ : ३८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना