२०८३, ४ आश्विन सोमबार

चट्याङ लागेर ६ को मृत्यु

चट्याङ लागेर ६ को मृत्यु


काठमाडौं, असार ११ :ट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भउको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको मृत्यु भएको हो ।

चट्याङ लागेर सोही गाउँका ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन् । उनको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एकै गाउँका यी बालक मौरीघाट माध्यमिक विद्यालय परिसरनजिकै रहेको जामुनको रुखमुनि जामुन खाँदै थिए । बेलुका साढे ६ बजेतिर एक्कासी चट्याङ लागेर चारैजना ढलेका थिए । उनीहरुमध्ये अविनाशको अवस्था मात्रै सामान्य थियो भने अन्य तीनजा अचेत अवस्थामा थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७६, ११ असार बुधबार  ७ : ३८ बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर