२०८२, ४ माघ आईतबार

रेडियो नमोबुद्धको सद्भावपूर्ण भोजन (फोटो फिचर )

रेडियो नमोबुद्धको सद्भावपूर्ण भोजन (फोटो फिचर )


काभ्रे,असार ७ : काभ्रे लगायत आसपासका जिल्लाहरुकै पहिलो समुदायिक रेडियो सेवा, रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जले शनिबार सद्भावपूर्ण ब्राम्हण भोजन कार्यक्रमको आयोजना गरेको छ । रेडियोले बनेपाको गोसाइथानमा रहेको नैमिषारण्य गुरुकुलका बटुकहरुसँग सद्भावपूर्ण ब्राम्हण भोजन कार्यक्रमको आयोजना गरेको रेडियोका स्टेसन म्यानेजर हिरामान लामाले जानकारी दिनुभयो ।

रेडियोको परीक्षण प्रसारण सुरु भएको दिनको अवसर पारेर रेडियोले सद्भावपूर्ण भोजन कार्यक्रमको आयोजना गरेको हो । सद्भावपूर्ण भोजन कार्यक्रमा नैमिषारण्य गुरुकुलका बटुक, नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्द शर्मा, रेडियो नमोबुद्धको संचालक समितिका अध्यक्ष भक्त स्याङतान र रेडियोका कर्मचारी सहभागि थिए ।

रेडियोले स्थापनाकाल देखिनै दनुवार, शेर्पा, माझी, जिरेल, ह्योल्मो, तामाङ र मगर लगायतका १२ प्रकारका जातजाति, भाषा, धर्म, भूगोल, क्षेत्रलाई समेटर कार्यक्रम र समाचार उत्पादन, प्रसारण गर्दै आएको छ । ‘शान्त, समृद्ध र समावेशी नेपालको बेग्लै आवाज’ भन्ने मुल नारा लिएर स्थापना भएको रेडियोले समाज रुपान्तराणका लागि विभिन्न सन्देशमुलक कार्यक्रमहरु समाजमा नै पुगेर गर्दै आइरहेको छ ।

फोटो

प्रकाशित मिति : २०७६, ७ असार शनिबार  ५ : ०९ बजे

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई