२०८२, २६ कार्तिक बुधबार

तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सवको तयारी तीव्र, के-के छन्थप आकर्षणहरु ?

तामाङ अन्तराष्ट्रिय चलचित्र महोत्सवको तयारी तीव्र, के-के छन्थप आकर्षणहरु ?


काठमाडौं, २५ जेठ: तामाङ अन्तराष्ट्रिय इण्डिपेन्डेन्ट चलचित्र महोत्सव(टिफ) २०१९–Tamang International Indipendent Film Festival(TIFF) 2019 को तयारीलाई आयोजक समितिले तिव्रता दिएको छ । यहि जेठ २९ र ३० गते राजधानीको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा हुने महोत्सवको तयारी अन्तरगत प्रचारप्रसार,अतिथि निमन्त्रणा, प्रदर्शन गर्ने चलचित्र छनौट लगायतका काम भइरहेको महोत्सव अध्यक्ष विगेन्द्र वाइबा तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङ आवाज, सेलो फाउण्डेसनको आयोजना तथा एससीआरसीको Knowledge सहकार्यमा हुन लागेको महोत्सवमा तामाङ सौन्दर्य, जीवन र ज्ञान परम्परा झल्किने छोटो चलचित्र,वृत्तचित्र र फिचर चलचित्र समेत प्रदर्शन गरिनेछ । उहाँले भन्नुभयो–“महोत्सवको घोषणासँगै हामीले महोत्सवका लागि अन्तराष्ट्रिय रुपमै चलचित्र आह्वान गरेका थियौं ,थुप्रै निर्देशक तथा निर्माताहरुसँग छलफल भयो र दर्जन बढी चलचित्र महोत्सवको लागि प्रप्त गर्यौं, त्यसमध्ये कुन कुन छनौट भए भन्ने कुरा छिट्टै सार्वजनिक गर्दैछौं ”

यसबारे थप स्पष्ट पर्दै महोत्सव संयोजक कुमार मोक्तान भन्नुहुन्छ–“आफ्नो मौलिक ज्ञान, संस्कृति, जीवनशैली र विषयबस्तु पस्केर संसारभर आफ्नो मौलिक पहिचान प्रवद्र्धन गर्ने शक्तिशाली माध्यम चलचित्र बन्न सक्छ,यसमा तामाङ विषयमा तामाङ या गैरतामाङ जोकोहीले पनि बनाएका चलचित्र महोत्सवका लागि योग्य हुन्छन्।”

उहाँका अनुसार महोत्सवमा सहभागि उत्कृष्ठ चलचित्रहरुलाई ट्रफि सहितको नगद पुरस्कार पनि प्रदान गरिनेछ । महोत्सवमा अप्रतिस्पर्धीका रुपमा भने यसअघि सार्वजनिक भईसकेका केहि चलचित्र र म्युजिक भिडियोहरुलाई पनि समावेश गराईदैछ । उहाँ भन्नुहुन्छ–“यो कमर्सियल तथा बजारिया सस्तो अवार्ड दिने कार्यक्रम जस्तो हैन,निस्वार्थ सामाजिक भाव,भातृत्व र साँस्कृतिक जागरणको एउटा अभियान हो ।”

आयोजक समितिका अनुसार तामाङ अन्तराट्रिय इण्डिपेन्डेन्ट चलचित्र महोत्सव(टिफ) २०१९ तामाङ चलचित्र उद्योगलाई गुणात्मक बनाउने र आम तामाङ चलचित्रकर्मी, शुभचिन्तक र दर्शकबीचको सिर्जनशील र साझा मञ्च बनाउने प्रयत्न रहेको हो । महोत्सवमा ‘तामाङ खाना, साँस्कृतिक झाँकी,भेषभूषा, परम्परागत कला, पुस्तक प्रदर्शनी, चलचित्र र कला कार्यशाला तथा बहसका साथै पहिलो पटक तामाङ दृष्य कविता (भिजुअल पोइट्री) प्रस्तुत गर्ने कार्यक्रमहरु थप आकर्षणका रूपमा रहने छन् ।

प्रकाशित मिति : २०७६, २५ जेष्ठ शनिबार  ६ : ५९ बजे

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज