२०८२, १८ मंसिर बिहीबार

विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलन हुँदै

विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण सम्मेलन हुँदै


काठमाडौँ, २४ जेठ : त्रिभुवन विश्वविद्यालयले ‘विश्वविद्यालय शिक्षाको अन्तरष्ट्रियकरण’ विषयमा यही जेठ २६ र २७ गते अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार र उद्यमशीलता र व्यवस्थापन विधामा अलगअलग प्रस्तुतीकरण हुने छन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)सहित अमेरिका, बेलायत, फिनल्याण्ड र जापानका प्रसिद्ध विश्वविद्यालयका प्राध्यापकको सहभागीता रहनेछ ।

सम्मेलनबाट आएका सुझावलाई त्रिविको नीति निर्माणमा समावेश गरी कार्यान्वयनमा गरिने सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइँयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा डिल्लीराम उप्रेतीले विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “त्रिविको शैक्षिकस्तर माथि उकासिने र विश्वसामु यसको शैक्षिक उन्ननयनबारे थप जानकारी हुनेछ ।”

विश्व व्यापार संगठनका कारण विश्वविद्यालय शिक्षाको थप अन्तर्राष्ट्रियकरण हुँदै गएको छ । विश्वविद्यालयमा हुने अध्ययन अनुसन्धान खोजले आर्थिक समृद्धि प्राप्त गर्न र विश्वविद्यालयलाई विश्वस्तरमा उच्च स्थानमा पु¥याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।त्रिभुवन विश्वविद्यालयले २० वर्षदेखि विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गर्दै आएको छ । हालसम्म १६० विदेशी विश्वविद्यालय ÷शैक्षिक संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर गरी अनुसन्धान, शैक्षिक कार्यक्रम आदान प्रदान समेत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २६ गते सम्मेलनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । रासस

प्रकाशित मिति : २०७६, २४ जेष्ठ शुक्रबार  ६ : ०७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको