२०८२, १६ बैशाख मंगलबार

रामग्राम स्तूपको विकासमा तीव्रता दिनुपर्छ : नेता गौतम

रामग्राम स्तूपको विकासमा तीव्रता दिनुपर्छ : नेता गौतम


परासी, १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले रामग्राम स्तूपको विकासमा तत्परता देखाउन सरकारलाई आग्रह गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित रामग्राम–७ मा अवस्थित रामग्राम स्तूपको आज अवलोकनका लागि आउनुभएका नेता गौतमले ऐतिहासिक महत्व बोकेको स्तूपको विकास नभएको देख्दा आफूलाई चिन्ता लागेको बताउनुभयो ।

रामग्राम स्तूप भगवान् गौतमबुद्धको अस्तुधातु सुरक्षित रहेको विश्वकै एकमात्र स्थल हो । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीसहित आउनुभएका नेता गौतमले भन्नुभयो, “विश्वकै ऐतिहासिक सम्पदाको रुपमा रहेको यस्तो पवित्रस्थल विकासको दृष्टिकोणले पछाडि परेको देख्दा मलाई दुःख लागेको छ, सङ्घ, प्रदेश र स्थानीय तीन तहका सरकार मिलेर यसको तीव्र रूपमा विकास गर्न आवश्यक छ ।”

नेता गौतमले स्तूपमा आवश्यक पूर्वाधार निर्माणका लागि चाहिने जग्गा अधिग्रहण तत्काल गरी विकासको कार्यलाई तीव्रता दिन ध्यानाकर्षण गराउनुभयो । गौतमसँगै आउनुभएका मन्त्री चौधरीले स्तूपको महत्वबारे प्रकाश पार्दै प्रदेश सरकारले गर्न लागेको विकासको विषयमा जानकारी गराउनुभएको थियो ।

मन्त्री चौधरीले रामग्राम क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया शुरु हुन लागेको जानकारी गराउँदै प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षमा रामग्रामलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश सरकारले सञ्चालन गर्ने मोनोरेल रामग्राममा पनि जोडिने बताउँदै आफ्नो पहलमा पूर्वपश्चिम राजमार्गबाट स्तूपसम्म जोड्ने गरी दुई सडकमार्ग पनि निर्माण भएको जानकारी दिनुभयो ।

करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्ध ग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको संज्ञा दिएको भन्ने भनाइ पाइन्छ । रासस

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : ३० बजे

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई

आजको मौसम : कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु

एनआरएनए एकता महाधिवेशन उदघाटन गर्न राष्ट्रपतिलाई निम्तो 

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को यही वैशाख २०

शिक्षा ऐन तत्काल जारी गर्न महासंघको आग्रह

काठमाडौं: राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर

सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थी भर्ना !

सिन्धुली: वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका