२०८२, १२ माघ सोमबार

सामूहिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्छ : मन्त्री अर्याल

सामूहिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्छ : मन्त्री अर्याल


विराटनगर, १८ जेठ: भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सामूहिक खेतीमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आज यहाँ आयोजित राष्ट्रिय सहकारी नीति, २०६९ पुनरावलोकन प्रदेश नं १ स्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले छिमेकीसँग मिली एकजुट भई सहकारी मोडलमा खेतीगरी कृषि उत्पादनमा आत्मनिर्भर भई आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अर्यालले सहकारीमा विदेशी सहयोग ल्याउन मुख्यरुपमा आधुनिक प्रविधिको प्रयोग, शीप आर्जन र किसानको उत्पादनको बजारीकरण गर्नुपर्ने औँल्याउनुभयो । सहकारीमार्फत घरेलुदेखि ठूलो परियोजना सञ्चालन गरी जनतामा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले आगामी पाँच वर्षभित्र ५० प्रतिशत सहकारी सरकारी एकीकरण गर्नुपर्ने बताउनुभयो ।

बोर्डका सहअध्यक्ष दक्ष पौडेलले वर्तमान अवस्थामा खेतीयोग्य जमीनको ३३ प्रतिशत मात्र भूमि खेतीमा उपभोग भइरहेको आगामी पाँच वर्षभित्र ५० प्रतिशत र त्यसपछि शतप्रतिशत पु¥याउने लक्ष्यले सरकारीले कार्य गरिरहेको बताउँदै सरकारको विकास र समृद्धको सपना सरकारीले मात्र पूरा गर्ने बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, १८ जेष्ठ शनिबार  ७ : १६ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै