२०८२, ५ पुस शनिबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौँ, १७ जेठ: प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकी आज स्वदेश फिर्ता हुनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई उहाँ भारतको राजधानी नयाँ दिल्लीबाट अपराह्न ६ बजे स्वदेश फर्कनु भएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, सांसद, सुरक्षा निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुनुहुन्छ । यसअघि सन् २०१४ मा भएको लोकसभाको निर्वाचनबाट मोदी पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित शपथ ग्रहण समारोहमा सार्क मुलुकका सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरिक हुनुभएको थियो ।

मोदीलाई रुद्राक्षको माला
प्रधानमन्त्री ओली र भारतका नवनियुक्त प्रधानमन्त्री मोदीबीच आजै अपराह्न नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको थियो । भेटवार्तामा उहाँहरूले पारस्परिक सम्बन्धलाई गतिशील एवं सुदृढ तुल्याउन दुवै देशबाट विगतमा भएका प्रयासका साथै समसामयिक विषयमा विचारविमर्श गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्दै विशेष उपहारस्वरुप रुद्राक्षको माला प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भारतीय जनता पार्टी तथा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन ९एनडिए०ले लोकसभा निर्वाचनमा हासिल गरेको शानदार सफलताका साथै दोस्रो कार्यकालका निम्ति प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाइ ज्ञापन गर्दै प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बधाई सन्देश सुनाउँदै प्रधानमन्त्री मोदीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा राष्ट्रपति भण्डारीले नेपालको राजकीय भ्रमणका निम्ति भारतका राष्ट्रपतिलाई आमन्त्रण गर्नुभएको सन्देश पनि प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीमा प्रवाह गर्नुभयो । प्रधानमन्त्री ओली शपथ समारोहमा सहभागी हुन बिहीबार धर्मपत्नी राधिका शाक्यसहित नयाँ दिल्ली जानुभएको थियो । रासस

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ८ : ०७ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा