२०८३, ८ कार्तिक आईतबार

कल वाइपास गर्ने १६७ जनाविरुद्ध मुद्दा

कल वाइपास गर्ने १६७ जनाविरुद्ध मुद्दा


काठमाडौँ, १७ जेठ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले मुलुकका विभिन्न क्षेत्रमा कल वाइपास गरेर राजश्व छली गर्दै आएका १६७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । ब्यूरो स्थापनापछि गरिएको खोजी अभियानका क्रममा पक्राउ परेका उनीहरुबाट रु ११ अर्ब ९१ करोड बिगोसहितको माग दाबी गरी मुद्दा चलाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

सो अवधिमा ब्यूरोले विभिन्न १०८ स्थानमा कारवाही गरी नेपाली १३० र विदेशी ३७ जनालाई पक्राउ गरेको रेग्मीले बताउनुभयो । उनीहरु विरुद्धको कारवाहीमा कल वाइपासमा प्रयोग हुने दुई हजार ३७५ आधुनिक उपकरणहरुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पछिल्लो पटक काठमाडौँबाट खटिएको ब्यूरोको टोलीले यही जेठ १५ गते रुपन्देही, सिद्धार्थनगर नगरपालिका–३ काटागाउँबाट भारतको महराजगञ्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारीलाई पक्राउ गर्न सफल भएको छ । उनको कोठामा खानतलासी गर्दा ल्यापटप, एरियल, कल वाइपास गर्न प्रयोग गरिने डिभाइस, केवल तार सिम पोट, भारतीय सिमसमेत बरामद गरिएको छ ।

उनीविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । कल बाइपासमा विदेशीहरु समेत सक्रिय हुने गरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २०७६, १७ जेष्ठ शुक्रबार  ६ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना