२०८२, १८ मंसिर बिहीबार

प्रतिकूल मौसमले उडान प्रभावित

प्रतिकूल मौसमले उडान प्रभावित


काठमाडौँ, १६ जेठ: प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसमको खराबीले अपराह्नदेखि विमानस्थलको अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रियतर्फ केही उडान रद्द तथा उडान अन्यत्र मोडिने ‘डाइभर्ड’ भएका छन् भने आन्तरिकतर्फ पनि निर्धारित उडान तालिकाभन्दा ढिलो गरी उडान भएको छ ।

महाप्रबन्धक क्षेत्रीका अनुसार ‘इन रुट’ मा मौसमको खराबी जनाउँदै तिब्बत एयरलाइन्सले उडान रद्द गरेको छ, भने चाइना एयरलाइन्स डाइभर्ड भई भारतको कोलकत्ता पठाइएको छ । अपराह्नदेखि मौसम बदली भई भिजिबिलिटी कम रहेकाले उडानमा समस्या आएको हो । खासगरी उत्तरी क्षेत्रमा बाक्लो कुइरो र बादल लागेको छ । उत्तरतर्फबाहेकका अन्य रुटबाट आउने अन्तर्राष्ट्रिय उडानमा समस्या नरहेको तथा आन्तरिक उडान भने सञ्चालन भइरहेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो ।

विमानस्थल १०० अन्तर्राष्ट्रियसहित दैनिक ४०० हाराहारीमा उडान हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज विज्ञप्ति निकालेर आगामी तीन दिनसम्म देशका पूर्वी, मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा बदली रही मेघ गर्जन हावाहुरीसहितको वर्षा हुने जनाएको छ । आज दिउँसो चर्को घाम लागे पनि अपराह्नदेखि काठमाडौँ उपत्यकासहितका स्थानमा बदली र हल्का वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ११ मिलिमिटर वर्षा भएको छ । यसअघि हिजो १६ मिलिमिटर वर्षा भएको थियो । काठमाडौँको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । रासस

प्रकाशित मिति : २०७६, १६ जेष्ठ बिहीबार  ७ : ४८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको