२०८३, १९ आश्विन मंगलबार

प्रतिकूल मौसमले उडान प्रभावित

प्रतिकूल मौसमले उडान प्रभावित


काठमाडौँ, १६ जेठ: प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसमको खराबीले अपराह्नदेखि विमानस्थलको अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रियतर्फ केही उडान रद्द तथा उडान अन्यत्र मोडिने ‘डाइभर्ड’ भएका छन् भने आन्तरिकतर्फ पनि निर्धारित उडान तालिकाभन्दा ढिलो गरी उडान भएको छ ।

महाप्रबन्धक क्षेत्रीका अनुसार ‘इन रुट’ मा मौसमको खराबी जनाउँदै तिब्बत एयरलाइन्सले उडान रद्द गरेको छ, भने चाइना एयरलाइन्स डाइभर्ड भई भारतको कोलकत्ता पठाइएको छ । अपराह्नदेखि मौसम बदली भई भिजिबिलिटी कम रहेकाले उडानमा समस्या आएको हो । खासगरी उत्तरी क्षेत्रमा बाक्लो कुइरो र बादल लागेको छ । उत्तरतर्फबाहेकका अन्य रुटबाट आउने अन्तर्राष्ट्रिय उडानमा समस्या नरहेको तथा आन्तरिक उडान भने सञ्चालन भइरहेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो ।

विमानस्थल १०० अन्तर्राष्ट्रियसहित दैनिक ४०० हाराहारीमा उडान हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज विज्ञप्ति निकालेर आगामी तीन दिनसम्म देशका पूर्वी, मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा बदली रही मेघ गर्जन हावाहुरीसहितको वर्षा हुने जनाएको छ । आज दिउँसो चर्को घाम लागे पनि अपराह्नदेखि काठमाडौँ उपत्यकासहितका स्थानमा बदली र हल्का वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ११ मिलिमिटर वर्षा भएको छ । यसअघि हिजो १६ मिलिमिटर वर्षा भएको थियो । काठमाडौँको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । रासस

प्रकाशित मिति : २०७६, १६ जेष्ठ बिहीबार  ७ : ४८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि