२०८२, १० बैशाख बुधबार

भुलेर पनि यस अंगमा नलगाउनुहोस् सुन, अशुभ हुन्छ

भुलेर पनि यस अंगमा नलगाउनुहोस् सुन, अशुभ हुन्छ


एजेन्सी : सुनको महत्व विशेषगरी धार्मिक तथा शृंगारको लागि बढी प्रयोग हुन्छ। ज्योतिष शास्त्रका अनुसार सौर्यमण्डलमा भएका ग्रहहरुको प्रभावका कारण हामीमाथि प्रत्येक धातुले आफ्नै किसिमको प्रभाव पार्छ । ज्योतिषीहरुले सुन लगाएर ग्रालाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने विषयमा सुझाव दिएका छन् ।

यदी तपाई आफ्नो जीवन सजाउन चाहनुुहन्छ भन्ने सुन लगाउने र राख्ने सही विधि जानीराख्नुस:

ज्योतिषशास्त्रअनुसार बायाँ हातमा सुन लगाउनु उचित होइन । बाँया हातमा सुन लगाउदा दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ । साथै सुन हराउनु वा भेट्टाउनु अशुभ मानिन्छ । सुन हराउँदा स्वास्थ्यमा समस्या हुन्छ र भेटिएको सुन घरमा राख्दा खर्च बढ्ने मान्यता छ ।

यदी तपाई दाम्पत्य जीवन खुसी बनाउन चाहनुहुन्छ घाँटीमा सुनको सिक्रि र चोर औंलामा सुनको औंठी लगाउनुहोस् । ज्योतिषशास्त्रअनुसार यसलाई शुभ मानिन्छ । तर गर्भवती र वृद्धा महिलाले सुनका गरगहना थोरै लगाउनु राम्रो मानिन्छ भने धेरै सुन लगाउनु अशुभ मानिन्छ । सन्तान प्राप्तिका लागि अनामिका औंला (साहिँली) मा सुन लगाउनु शुभ मानिन्छ ।

साथै, खुट्टामा सुन लगाउनु राम्रो मानिदैन । यसले दाम्पत्य जीवनमा नराम्रो प्रभाव पार्ने गरिन्छ । घरमा सुन राख्दा केसर राखी रातो वा पहेंलो कपडामा बाँधेर घरको उत्तर पूर्वमा राख्नु शुभ मानिन्छ ।

सुन दान गर्दा ब्राह्मण पुजारी वा गुरुलाई दिनु शुभ हुन्छ । फलाम, कोइला वा शनिसँग सम्बन्धित धातुको काम गर्नेहरूले सुन लगाउनु अशुभ मानिन्छ। यदी लगाउनै परेमा ज्योतिषसँग सल्लाह गरि लगाउदा राम्रो हुन्छ।

सुनले ऊर्जा र गर्मी दुवै उत्पन्न गर्छ । सुनपानी पिउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । त्यसैले कान्छी औंलामा सुन लगाउनु लाभदायक मानिन्छ । कम्मरमा सुन धारण गर्दा पाचन तन्त्रमा समस्या आउने मान्यता छ । मोटोपनको समस्या भएका र रिसाहा मानिसले सुन धारण गर्नु उचित मानिँदैन । अत: सुन कहिल्यै पनि अपवित्र नहुने मान्यता छ।

प्रकाशित मिति : २०७६, १५ जेष्ठ बुधबार  १० : १२ बजे

शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

सुर्खेत । शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र