२०८३, २१ भाद्र सोमबार

गणतन्त्र स्थापनाको ११ वर्ष पूरा, गणतन्त्र स्मारकको आज उद्घाटन हुने

गणतन्त्र स्थापनाको ११ वर्ष पूरा, गणतन्त्र स्मारकको आज उद्घाटन हुने


काठमाडौँ – शासन व्यवस्था परिवर्तन भएर नेपाल गणतन्त्रात्मक मुलुक भएको ११ वर्ष पूरा भएको छ । २०६२–०६३ को जनआन्दोलनपछि भएको संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरेको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ का दिन गणतन्त्र दिवस मनाउने गरिएको हो । शासन व्यवस्था नै परिवर्तन भएको दशक नाघेको हो । यस बिचमा संविधानसभाबाट जारी भएको संविधान अनुसार संघीय व्यवस्था अनुरुपको राज्य संरचना सञ्चालनका लागि तीन तहको चनाव भइ अहिले देशको शासन व्यवस्था सोही अनुरुप चलिरहेको छ ।

केन्द्रमा रहेको अधिकार स्थानीय र प्रदेश सरकारमा गएकाले कामकाजमा सहज भएको बताइन्छ । तर पनि शासन व्यवस्था परिवर्तन भएपछिका जनअपेक्षाहरु भने पूरा हुन नसकेको गुनासो उस्तै छ । नागरिक स्तरसम्म महसुस हुने गरि परिवर्तनको अनभूति पुग्न सकेको छैन । त्यसमाथि शान्ति सुरक्षाको अवस्था पछिल्लो समय अपेक्षाकृत हुन सकेको छैन । शान्ति र स्थायित्वको अपेक्षामा रहेका नागरिक पछिल्लो समय भइरहेका बम आतंकका कारण त्रसित छन् । सरकारले शान्ति सुरक्षाको अवस्था मजबुद रहेको बताए पनि सो अनुसारको अनुभूति हुन सकेको छैन । यसले गर्दा गणतन्त्रमाथि नै चुनौति थपिएको विश्लेषण गरिन्छ ।

भ्रष्टाचार तथा नेताहरुका कायम सुविधाभोगी प्रवृत्तिले पनि जनतामा निराशा पैदा गरेको छ । र पनि नागरिकमा गणतन्त्रसँग जोडिएर रहेका आश तथा अपेक्षाहरु पूरा गर्नु निर्वाचित सरकार एवम् सम्बद सबैको दायित्व हो । यसैबिच १० वर्षे सशस्त्र युद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना भएको दिनको सम्झनामा मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र स्मारकको उद्घाटन गर्दै छिन् । नारायणहिटी दरबार संग्रहालय परिसरमा गणतन्त्र स्मारक निर्माण भएको हो ।

प्रकाशित मिति : २०७६, १५ जेष्ठ बुधबार  १० : ०४ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको