२०८३, २४ भाद्र बिहीबार

आरुबोटे हत्याकाण्ड : सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार

आरुबोटे हत्याकाण्ड : सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार


काठमाडौं, जेठ ११ : सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ । प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति नौ जनाको बीभत्स हत्या भएको स्थानीयको भनाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा भीमकुमार बाँस्कोटाले लेखेका छन् ।

वैशाख ३० गते जस्मिता फियाकको घरमा थुक्पा खाजा खाँदा आठ जना बिरामी परेका थिए। बिरामी परेपछि खोजी गर्दा नुनमा सिसाको टुक्रा मिसाएको पाइएको थियो । नुनमा सिसा मिसाउनेविरुद्ध प्रहरीमा जाहेरी दिए पनि प्रहरीले अनुसन्धानमा आलटाल गरेको स्थानीय सीता घिमिरेको भनाइ छ। ‘सिसा मिसाउनेविरुद्धको जाहेरीलाई प्रहरीले चासो दिएन’, घिमिरे भन्छिन्, ‘उक्त घटनालाई गम्भीर रूपमा नलिएकाले नौ जनाले ज्यान गुमाउनुपरेको हो ।’

जस्मिता फियाकका श्रीमान् धनराज शेर्माले साढुभाइ मानबहादुर माखिमविरुद्ध प्रहरीमा उजुरी दिएको स्थानीयले जानकारी दिएका छन्। धनराजको सोमबार राति वंशनाश हुनेगरी हत्या भएको हो । उनका साढुभाइ माखिम झुन्डिएको अवस्थामा भेटिए । जाहेरी दिनेको परिवार सखाप हुनेगरी हत्या भएको र सिसाकाण्ड मच्चाउने भनिएका माखिम जीवित नभएपछि घटना झन् रहस्यमय बनेको छ ।

‘जाहेरी दिएपछि सम्बन्धित मान्छेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपथ्र्यो’, आरुबोटे माविका शिक्षक गजेन्द्र रेग्मीले भने, ‘अनुसन्धान गर्नुको सट्टा ढाकछोप गर्न खोज्दा यति ठूलो घटना भएको हो ।’ सिसाकाण्ड ढाकछोप गर्न केही जनप्रतिनिधिसमेत लागेको उनको भनाइ छ। ‘परिवारभित्रको कुरा मुद्दा मामिलामा जानु हँुदैन भनेर जनप्रतिनिधि नै ढाकछोप गर्न लागेका थिए’, एक स्थानीयले भने ।

प्रहरीलाई दबाबमा पारेर सिसाकाण्ड अनुसन्धान रोकिएको स्थानीयको आरोप छ। ‘दर्दनाक घटनाले सारा मान्छेलाई रुवाएको छ’, स्थानीय गीता ढकालले प्रश्न गरिन्, ‘तर, यो क्षेत्रबाट चुनाव जितेर जाने कुनै सांसद र मन्त्री सान्त्वना दिनसम्म आएनन्। नेता घटनाको अवलोकन गर्न नआउनुको कारण के हो ? ’

प्रकाशित मिति : २०७६, ११ जेष्ठ शनिबार  ७ : ४२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको