२०८२, ३१ श्रावण शनिबार

सीतालाई मनोपरामर्श

सीतालाई मनोपरामर्श


काठमाडौं, जेठ ११ : आरुबोटे हत्याकाण्डमा भागेर बाँचेकी १३ वर्षीया सीता खजुम नयाँ मान्छे देख्दा डराउँछिन् । आफ्ना कुरा राम्ररी भन्न सकिरहेकी छैनन् । कान्तिपुर दैनिकले समाचार छापेकाे छ । पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा सोमबार राति भएको कहालिलाग्दो घटनाको एक मात्र प्रत्यक्षदर्शी उनलाई चिकित्सकले मनोपरामर्श गरिरहेका छन् । ‘उनलाई सहज हुने गरी परामर्शमार्फत उपचार गरिरहेका छौं,’ वरिष्ठ फिजिसियन डा.मुक्ति भट्टराईले भने, ‘मानसिक रूपमा उक्त घटना भुलाउने प्रयास गरिरहेका छौं ।’

उनलाई शारीरिकभन्दा मानसिक असर बढी परेको भट्टराईले बताए । भट्टराईका अनुसार उनको दायाँ हातको कुइनामा चोट छ । घरबाट भाग्ने क्रममा चिप्लिएर लडदा चोट लागेको हो । घाउमा चार टाँका लगाइएको छ । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.मनोज शाहले सीतालाई लामो समयसम्म मनोपरामर्श आवश्यक रहेको बताए । ‘शारीरिक चोट ठूलो नभएकाले औषधिभन्दा बढी मनोपरामर्शमा जोड दिएका छौं,’ उनले भने, ‘हामीबाट हुनेसम्मको परामर्श गरिरहेका छौं ।’

मनोपरामर्शका कारण सीताको शारीरिक एवं मानसिक अवस्थामा सुधार आएको उनले जनाए । सीतालाई मंगलबार अपराह्न ४ बजेदेखि अस्पतालमा राखिएको हो । कडा सुरक्षाबीच उनको उपचार भइरहेको दमकका डीएसपी श्यामल सुब्बाले बताए ।घटना भएको दिनदेखि सीताले नजिकका आफन्तलाई भेट्न पाएकी छैनन् । मावली घरमा बस्दै आएकी उनका ९ जना आफन्तको सोमबार राति हत्या भएको थियो । सीताकी आमा बुद्धिमाया फियाक दोस्रो विवाह गरी दमकमै बस्छिन् । घटनाको खबर पाएलगत्तै बुद्धिमाया मंगलबारै माइती घर आरुबोटे पुगेकी छन् ।

प्रकाशित मिति : २०७६, ११ जेष्ठ शनिबार  ७ : ३२ बजे

रवि लामिछानेलाई काठमाडौं लगिँदै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज दिउँसो

भीमफेदी कारागारमा कैदीको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान चितवनका ४३ वर्षीय

पत्रकारमाथि अधिवक्ताको निर्दयी आक्रमण: कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाथि

पत्रकार रमा दाहाललाई प्रेस चौतारी झापाद्वारा लेखनवृत्ति

झापा । प्रेस चौतारी नेपाल झापाले संगठनका संस्थापक अध्यक्ष स्व.

लाखे नाचको साँस्कृतिक महत्व

राजधानीका तीन सहरबाट फैलिएको नेवारी समाजको सांस्कृतिक परम्परा सिन्धुली लगायतदेशको