२०८३, २४ भाद्र बिहीबार

सीतालाई मनोपरामर्श

सीतालाई मनोपरामर्श


काठमाडौं, जेठ ११ : आरुबोटे हत्याकाण्डमा भागेर बाँचेकी १३ वर्षीया सीता खजुम नयाँ मान्छे देख्दा डराउँछिन् । आफ्ना कुरा राम्ररी भन्न सकिरहेकी छैनन् । कान्तिपुर दैनिकले समाचार छापेकाे छ । पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा सोमबार राति भएको कहालिलाग्दो घटनाको एक मात्र प्रत्यक्षदर्शी उनलाई चिकित्सकले मनोपरामर्श गरिरहेका छन् । ‘उनलाई सहज हुने गरी परामर्शमार्फत उपचार गरिरहेका छौं,’ वरिष्ठ फिजिसियन डा.मुक्ति भट्टराईले भने, ‘मानसिक रूपमा उक्त घटना भुलाउने प्रयास गरिरहेका छौं ।’

उनलाई शारीरिकभन्दा मानसिक असर बढी परेको भट्टराईले बताए । भट्टराईका अनुसार उनको दायाँ हातको कुइनामा चोट छ । घरबाट भाग्ने क्रममा चिप्लिएर लडदा चोट लागेको हो । घाउमा चार टाँका लगाइएको छ । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.मनोज शाहले सीतालाई लामो समयसम्म मनोपरामर्श आवश्यक रहेको बताए । ‘शारीरिक चोट ठूलो नभएकाले औषधिभन्दा बढी मनोपरामर्शमा जोड दिएका छौं,’ उनले भने, ‘हामीबाट हुनेसम्मको परामर्श गरिरहेका छौं ।’

मनोपरामर्शका कारण सीताको शारीरिक एवं मानसिक अवस्थामा सुधार आएको उनले जनाए । सीतालाई मंगलबार अपराह्न ४ बजेदेखि अस्पतालमा राखिएको हो । कडा सुरक्षाबीच उनको उपचार भइरहेको दमकका डीएसपी श्यामल सुब्बाले बताए ।घटना भएको दिनदेखि सीताले नजिकका आफन्तलाई भेट्न पाएकी छैनन् । मावली घरमा बस्दै आएकी उनका ९ जना आफन्तको सोमबार राति हत्या भएको थियो । सीताकी आमा बुद्धिमाया फियाक दोस्रो विवाह गरी दमकमै बस्छिन् । घटनाको खबर पाएलगत्तै बुद्धिमाया मंगलबारै माइती घर आरुबोटे पुगेकी छन् ।

प्रकाशित मिति : २०७६, ११ जेष्ठ शनिबार  ७ : ३२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको