२०८३, ५ आश्विन मंगलबार

महानगरपालिकाको घरभाडामै वार्षिक दुई करोडभन्दा बढी खर्च

महानगरपालिकाको घरभाडामै वार्षिक दुई करोडभन्दा बढी खर्च


काठमाडौं, जेठ ७ : काठमाडौं महानगरपालिकाले घरभाडाबापत वार्षिक दुई करोड चार लाख २३ हजार तीन सय ४० रुपैयाँ तिर्दै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महानगरले केन्द्रीय कार्यालय रहेको जेडिए भवनको मासिक भाडा आठ लाख २९ हजार दुई सय ५५, सहरी योजना आयोग रहेको भवनको दुई लाख १३ हजार, सामाजिक विकास, सम्पदा, विपद् व्यवस्थापन विभाग रहेको भवनको दुई लाख सात सय ५९, सहरी विभाग रहेको भवनको एक लाख १२ हजार र राजस्व, भवन इजाजत, सहरी पूर्वाधार विभाग रहेको भवनको भाडा तीन लाख ४६ हजार नौ सय ४० रुपैयाँ तिर्ने गरेको छ ।

देशकै जेठो महानगर काठमाडौंले बागदरबारमा बनाउन लागेको नयाँ भवनको डिजाइन १४ कात्तिक ०७४ मा सार्वजनिक गरेको थियो । ४२ महिनामा भवन निर्माण सम्पन्न हुने महानगरले बताएको थियो ।तर, सम्पदा संरक्षण अभियन्ताहरूले बागदबार पुरातात्विक सम्पदा भएकाले नभत्काई रेट्रोफिटिङ गर्न सुझाएका थिए । महानगरले बागदरबार भत्काउन खोजेपछि अभियन्ताहरूले सर्वोच्वमा रिट हालेका थिए । गत १६ असोजमा सर्वोच्च अदालतले भवन निर्माणको काम रोक्न अन्तरिम आदेश जारी गरेपछि काम रोकिएको छ ।

प्रकाशित मिति : २०७६, ७ जेष्ठ मंगलबार  ६ : ५१ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग