२०८३, ७ कार्तिक शनिबार

महानगरपालिकाको घरभाडामै वार्षिक दुई करोडभन्दा बढी खर्च

महानगरपालिकाको घरभाडामै वार्षिक दुई करोडभन्दा बढी खर्च


काठमाडौं, जेठ ७ : काठमाडौं महानगरपालिकाले घरभाडाबापत वार्षिक दुई करोड चार लाख २३ हजार तीन सय ४० रुपैयाँ तिर्दै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महानगरले केन्द्रीय कार्यालय रहेको जेडिए भवनको मासिक भाडा आठ लाख २९ हजार दुई सय ५५, सहरी योजना आयोग रहेको भवनको दुई लाख १३ हजार, सामाजिक विकास, सम्पदा, विपद् व्यवस्थापन विभाग रहेको भवनको दुई लाख सात सय ५९, सहरी विभाग रहेको भवनको एक लाख १२ हजार र राजस्व, भवन इजाजत, सहरी पूर्वाधार विभाग रहेको भवनको भाडा तीन लाख ४६ हजार नौ सय ४० रुपैयाँ तिर्ने गरेको छ ।

देशकै जेठो महानगर काठमाडौंले बागदरबारमा बनाउन लागेको नयाँ भवनको डिजाइन १४ कात्तिक ०७४ मा सार्वजनिक गरेको थियो । ४२ महिनामा भवन निर्माण सम्पन्न हुने महानगरले बताएको थियो ।तर, सम्पदा संरक्षण अभियन्ताहरूले बागदबार पुरातात्विक सम्पदा भएकाले नभत्काई रेट्रोफिटिङ गर्न सुझाएका थिए । महानगरले बागदरबार भत्काउन खोजेपछि अभियन्ताहरूले सर्वोच्वमा रिट हालेका थिए । गत १६ असोजमा सर्वोच्च अदालतले भवन निर्माणको काम रोक्न अन्तरिम आदेश जारी गरेपछि काम रोकिएको छ ।

प्रकाशित मिति : २०७६, ७ जेष्ठ मंगलबार  ६ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना