२०८२, ५ पुस शनिबार

राष्ट्रसेवक कर्मचारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री राई

राष्ट्रसेवक कर्मचारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री राई


विराटनगर, ६ जेठ: वर्तमान परिवर्तनलाई दिगो बनाउन राज्यका हरेक संयन्त्रमा रहेका पदाधिकारीले सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिइएको छ । सेवाप्रदत्त कार्यालयले जनताका भावना र आकाङ्क्षालाई केन्द्रमा राखेर सेवा गर्न सके मात्र जनताले सुशासनको अनुभूति गर्न सक्ने भएकाले यसतर्फ राष्ट्रसेवक कर्मचारीको ध्यान जानु जरुरी भएको यहाँ आयोजित अन्तरक्रियाका सहभागीले जोड दिएका हुन् ।

प्रशासकीय अदालत तथा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिद्वारा आज यहाँ आयोजित ‘प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा प्रवाह’ विषयको अन्तरक्रियामा उनीहरूले मुलुक असफल हुनाको कारण सुशासनको अभाव भएको ठहर गर्दै राज्यप्रति वफादारी नभएसम्म देशले अपेक्षित लाभ लिन नसक्ने बताए । आर्थिक अनुशासन, वित्तको उचित बाँडफाँट, प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, नैतिकता र वफादारीलाई खस्कन नदिन कर्मचारी सचेत भएमा मात्र जनताले रोजेको वर्तमान शासन प्रणालीले मूर्त रुप लिन सक्ने उनीहरूले बताए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको आस्था र विश्वाससँग जोडिएका राष्ट्रसेवक कर्मचारी चुस्त र दुरुस्त हुनुपर्ने बताउनुभयो । जनतामा नयाँपन दिन कर्मचारीका जीवन र कार्यशैलीमा परिवर्तन आउनुपर्छ भन्दै उहाँले सङ्घीयता र संविधानको भावनाबमोजिम कर्मचारीले काम गर्नुपर्ने सुझाव दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “कर्मचारीको सोच र नैतिकतामा कमी आउन दिनुहुँदैन ।”

आयोजक समितिका अध्यक्ष काशीराज दाहालले राज्यप्रतिको वफादारीमा कमी भएमा मुलुक समृद्ध हुन नसक्ने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भन्नुभयो । विराटनगर पुनरावेदन अदालतका मुख्य न्यायाधीश शिवराज अधिकारीले कानून र न्याय प्रणाली बलियो बनाउन सके जनताले अनावश्यक दुःख नव्यहोर्ने उल्लेख गर्नुभयो ।

प्रदेश नं १ का मुख्यसचिव सुरेश अधिकारीले हाम्रो काम गर्ने परम्परा खुला र पारदर्शी हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारीहरु मोरङका रमेशकुमार केसी र सुनसरीका प्रेमप्रकाश उप्रेतीले कर्मचारीले जनतालाई दिने सेवा सहज र सरल हुनुपर्नेमा जोड दिनुभयो । प्रशासकीय अदालतका सहरजिष्ट्रार अच्युत कुइँकेलले अहिलेको युगमा कर्मचारीबाट जनता भयभीत हुन नहुने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार  ७ : ५५ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा