२०८३, २९ श्रावण शनिबार

नेपालमा भयावह बन्दै क्यान्सर, ७५ हजार नेपाली प्रभावित

नेपालमा भयावह बन्दै क्यान्सर, ७५ हजार नेपाली प्रभावित


काठमाडौँ, बैशाख २४ : नेपालमा क्यान्सर भयावह रूपमा देखिदैं गएको छ । मानिसको असन्तुलित खानपान र बदलिँदो जीवनशैलीका कारण क्यान्सरका बिरामीहरूको संख्या दिनप्रति दिन बढ्न थालेको हो । राजधानी दैनिकले समाचार छापेको छ । धुम्रपान र मद्यपान गर्नेहरूमा बढी मात्रामा क्यान्सर देखापर्ने गरेको चिकित्सकको अनुभव छ । यदि धुम्रपान र मद्यपान नगर्ने हो भने मात्रै क्यान्सरका बिरामीको संख्या झन्डै ५० प्रतिशतले घट्ने चिकित्सकहरूको भनाइ छ ।

नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाएको छ । क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको छ । बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले भयावह रूप लिदै गएको चिकित्सकको भनाइण् छ ।

क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ । क्यान्सरबाट प्रभावित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । महिलाको पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको देखिएको छ । मुख्यतः महिलामा पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्रा, पेटको क्यान्सर र पुरुषमा फोक्सो, घाँटी, आन्द्राको क्यान्सर हुने गर्छ । सुरुकै चरणमा क्यान्सर पत्ता लागेमा निको हुने र अन्तिम चरणमा क्यान्सर हो भनेर पहिचान भएमा प्रभावितलाई बचाउन मुस्किल हुने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् ।

क्यान्सर रोग विशेषज्ञ डा. आविश अधिकारीले क्यान्सर एक प्रकारको घाउ भएको भन्दै लामो समयसम्म घाउ देखिए तुरुन्त नजिकको अस्पतालमा गएर स्वास्थ्य जाँच गर्नुपर्ने बताए । उनले भने, ‘क्यान्सरको उपचार हुन्छ तर प्रारम्भिक अवस्थामा अस्पताल पुग्नुपर्छ ।’ उनले चुरोट सेवन नगर्ने हो भने मात्रै क्यान्सर लाग्ने बिरामीको संख्या अत्यधिक घट्ने बताए । काउन्सिलका अनुसार क्यान्सर रोकथामका लागि जनचेतनाका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।

प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलबार  ७ : ०३ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व