२०८२, ३१ श्रावण शनिबार

डीएसपीको गोलघरमा रहेका गुण्डा नाइकेसँग कनेक्सन !

डीएसपीको गोलघरमा रहेका गुण्डा नाइकेसँग कनेक्सन !


काठमाडौँ, बैशाख २४ : केन्द्रीय कारागारको गोलघरमा रहेका रमेश बाहुन भन्ने सुजन पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेलबीच पटक–पटक फोन संवाद भएको घटना सार्वजनिक भएपछि गोलघरको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न उठेको छ । आजको गोरखापत्र दैनिक लेख्छ– संगठित अपराध (गुण्डागर्दी) मुद्दामा २०७१ सालमा पक्राउ परेका बाहुनका गतिविधि शंकास्पद देखिएपछि गोलघरमा राखिएको थियो ।

सुरक्षाका दृष्टिकोणले संवेदनशील गोलघरका कैदीले हप्तामा एक दिन तीनजनासँग फोन सम्पर्क गर्ने सुविधा हुन्छ । ‘कल डिटेल’ र ‘भ्वाइस रेकर्ड’ हुने ल्याण्डलाइनको टेलिफोन सेटबाट आफन्तलाई फोन गर्नुपर्ने हुन्छ । टेलिफोन संवाद तथा अन्य गतिविधिमाथि सीसी क्यामेराका साथै प्रत्यक्ष रूपमा कारागार कर्मचारी र प्रहरीले सुक्ष्म निगरानी राख्ने गर्छन् ।

सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरका कैदी बाहुन र डीएसपी कुमोदबीचको बाक्लो फोन संवादमा भने सुरक्षा सतर्कता अपनाएको देखिदैन । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्र राठौर अपराधीका लागि कारागार पनि सुरक्षित गृह बन्दै गएको जस्तो देखिएको बताए । गृह मन्त्रालयले डीएसपी ढुङ्गेललाई शुक्रवार निलम्वन गरेको छ । गत चैत २६ गते रानीवारीमा भएको डकैती घटनामा संलग्न अभियुक्त नैकापका विक्रम श्रेष्ठसँग पनि डीएसपी ढुङ्गेलको बारम्वार फोन सम्पर्क भएको देखा परेपछि निलम्वन गरिएको मन्त्रालयले जनाएको छ ।

पोखरामा घर किन्न जम्मा राखेको तीनकरोड रुपियाँ लुट्ने योजनाअनुरुप हतियार देखाइ रानीवारीस्थित एक ब्यापारीको घरभित्र जवरजस्ती प्रवेश गरेको अभियोगमा प्रहरीले नैकापका विक्रमसहित चन्द्रागिरिका ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय ‘दीपेश’ भन्ने सन्तबहादुर तामाङलाई पक्राउ गरेको थियो । उनीहरूको पक्राउसँगै थप अनुसन्धान गर्दा अभियुक्त विक्रम, गोलघरका बाहुन र डीएस्पी कुमोदबीच त्रिकोणात्मक सम्वन्ध देखिएको छ ।

प्रकाशित मिति : २०७६, २४ बैशाख मंगलबार  ६ : ३८ बजे

ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो समस्या हो : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा पनि

सिन्धुलीका नेवार समुदायले मनाए कृष्ण जन्माष्टमी, परम्परागत शैलीमा भव्य लाखे नाच प्रदर्शन

सिन्धुलीका नेवार समुदायले यस वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन परम्परागत शैलीमा

रवि लामिछानेलाई काठमाडौं लगिँदै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज दिउँसो

भीमफेदी कारागारमा कैदीको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी कारागारमा आज बिहान चितवनका ४३ वर्षीय

पत्रकारमाथि अधिवक्ताको निर्दयी आक्रमण: कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ मधेश प्रदेशले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारमाथि