२०८२, २७ चैत्र शनिबार

काभ्रेको कोशीपारीमा बस दुघर्टना १५ घाइते, ३ जनाको अवस्था गम्भीर

काभ्रेको कोशीपारीमा बस दुघर्टना १५ घाइते, ३ जनाको अवस्था गम्भीर


काठमाडौं २१ बैशाख : काभ्रेको मादनकुडारीबाट काठमाडौं जादै गरेको यात्रुबाहक बस शनिबार भुम्लु गाउँपालिका वडा नं ८ पौवामा दुर्घटना भएको छ ।

वा ४ ख १३८३ नम्बरको बस ब्रेक फेलभई दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका छन् । घाईतेहरुमध्ये तिनजनाको अवस्था गम्भीर रहेको प्रहरीले चौकी दोलालघाटले जनाएको छ ।
गम्भीर घाइतेहुनेहरुमा चौरीदेउराली गाउँपालिका वडा नं ७ शिशिर चौलागाई, बनेपा वडा नं ९ की १३ वर्षिय साधना चौलागाई र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं ७ सिन्धुकोट निवासी गाडी चालक ईश्वर कार्की रहेका छन् ।

धुलिखेल अस्पताल पुगेका ठाकुरनाथ गौतमका अनुसार घाइतेहरु चौरीदेउराली गाउँपालिका वडा नं ७ की शर्मिला चौलागाइ,देवेन्द्र लामा र दावा लामा,मादनकुडारी निवासी ७६ वर्षिय जवान सिं तामाङ, बनेपा नगरपालिका वडा नं ९ बस्ने लिला गौतम, चौरीदेउरादी वडा नं १ की सीता गौतम, त्यस्तै वडा नं ९ की छेसुन लामा र २ वर्षिय छोरी जेया लामा रहेका छन् ।

त्यस्तै चौरीदेउराली वडा नं ४ का सुनिल लामा,भुम्लु गाउँपालिका वडा नं ७ का शिवराज गिरी, बासु गिरी,चौरीदेराली गाउँपालिका वडा नं ७ की दुर्गदेवी चौलागाई, वडा नं ५ की बालकुमारी गौतम, रमा चौलागाइ रहेका छन् ।

यसैगरी रेशमकुमारी बुडाथोकी,राम्चे निवासी अनिसा गौतम,निरु पहरी,मैया सार्की,कविता सार्की र सुशिला सार्की रहेको दोलालघाट प्रहरी चौकीका प्रहरी जवान बिदुर दंगालले जानकारी दिए । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।


प्रकाशित मिति : २०७६, २१ बैशाख शनिबार  ११ : २३ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण